पुस्तक समिक्षा

स्पर्शका अनुभूति भित्र  - काशिराम विरश

भक्तपुरका गजलकार काशीराम विरसको तेस्रो कृतिको रुपमा २०५८ सालमा जनमत प्रकाशन बनेपाले प्रकाशनमा ल्याएको गजल सङ्ग्रह स्पर्शका अनुभूती भित्र एउटा अनौठो स्पर्शानुभुति गर्न सक्छन् पाठकहरुले । भरखर्र भरखर्र  गजलको माहौलको लागी हरेक क्षेत्र हाई काटेर व्यूँटिने प्रयास गरिरहँदा उनले दश वर्ष अघि वुनेका यी गजलका शेर हरुमा डुव्दा एउटा अनौठो अनुभुति गर्न सकिन्छ । मिठाई पसलका मिठाई जस्तै मिठा छन् उनका गजलहरु । जस्ले दस वर्ष पछि परिमार्जित भएर आएका गजलहरुलाई समेत माथ खुवाउन सक्ने केहि गजलहरु  उनका कृतिमा विराजमान छन् । नेपाल भाषा साहित्यका स्नाकोत्तर विधार्थी उनी हर हमेसा नेपाली भाषा र साहित्यको जगेर्ना गर्न कसरी लागि पर्ने भनि सधैं चिन्तित रहने व्यक्तित्व हुन् उनी । कविता लघुकथा लगायत अन्य विधामा कलम चलाए पनि गजललाई विशेष प्राथमिकतामा राखेर भक्तपुरमा गजल उत्थानको लागि अहोरात्र खटेका छन् उनै स्रष्ताको स्पर्शका अनुभूतिभित्र प्रवेश गर्दा जे भेतियो त्यहि संक्षेपमा प्रस्तुत गर्दछौं।

जम्मा जम्मी ४५ गजलले सजिएको स्पर्शका अनुभूतिको मण्डप वरि परी वरको प्रतिक्षामा बधु कुरीरहे जस्तै उनका गजलहरु ०५८ अघिकै समयकालका परिधी तोडेर गजल श्रृगार नै हुनु पर्छ भन्ने मान्यतालाई लात मारेर मण्डपको जज्ञमा ठड्याइएका केराका खम्वाहरुम टाँगीने ध्वजा चुँडालेका छन् उनले ।


बेमौसमी फुल्न थाले अनास्थाका फूलहरु
आस्थाका फूलवारीमा किन रोप्छन् शूलहरु
                           (पृष्ठ–१३)

उनका गजलले द्वण्दकालमा आस्थालाई वन्दि वनाउन खेज्ने हरु प्रति आक्रोस पोखेका छन् ।


राजनीतिमा बेश्यावृत्ति हावी आज बढे पछि
षडयन्त्रका शूलहरु रोपिंदैछन् कति कति
                        (पृष्ठ–३२)

राजनीति गर्ने हरुको आस्थाले काम नगरे पछि देश र जनताले भोग्नु परेको पिडाहरुलाई उनले गजलमा उनेका छन् । श्रृगार भन्दा वढि प्रगतीवादी लाइ स्पर्शनुभूति गरेका छन् उनका अधिकाँस गजलहरुले । उनले गजलको भविष्य सुन्दर देखेका थिए दसक अगाडि उनले जस्तो देखे यर्थातमा नेपाली गजल त्यसरी ने फुल्न थाले गजल फुल्नु र फुलाउनुमा नयाँपुष्ताको  भूमिका रहेको उनी स्वीकार्छन् । दस वर्ष अघि उनले आफुलाई गजलमा कसरी समर्पित गरेका थिए हेरौ एउटा शेर ।

‘विरस’ तैंले किन लेख्छस् विरहका गजलहरु
गजलनै मेरो कर्म यसैमा छन् मूलहरु                       
                       (पृष्ठ–३३)


उनले गजललाई उराठ मरुभूमी जस्तो जिन्दगी भिजाउने मूलको रुपमा ग्रहण गरेका छन् । उनी गजलमार्फत नै समाजमा रहेको विकृतीलाई यसरी व्यङ्य गर्छन् ।

अँध्यारोलाई उज्याले हो म भनुँ कसरी
नेतिकताको खोल भित्र मेरो आफ्नै जात थियो ।
                               (पृष्ठ–२९)

गैर वहरमा लेखिएका यी गजलका शेरहरुमा कहिं चिठ्ठी बाट मनका कुराहरु नजानेर खोलेका हरु प्रति रोष व्यक्त गरेका छन् त कहिं भावनाका तरङ्गहरुलाई अक्षरबाटै बोल्ने र खुसी व्यक्त गरेका छन् । दस वर्षको अन्तरालमा उनले आफुलाई गजलमा धेरै माझिसकेका छन्  । उनको भक्तपुरमा भक्तपुर साहित्यिक समाज माफर्त गजल लाई कसरी उत्थान गर्ने भन्ने तर्फ आफुलाई केन्द्रित गरेर विगत ११ वर्ष देखि सँस्था र आफुलाइ समर्पण गर्दै आएका छन् । भत्तपुरमा गजल उत्थान र विकासको लागि सँस्था र उनको योगदान प्रसंसायोग्य छ । उनको नेपाली गजल क्षेत्रमा थप योगदानको अपेक्षा सहित हार्दिक शुभेच्छा ।

No comments: