Monday, 17 December 2012

निश्चल परदेशीका गजलहरु

गजल

निश्चल परदेशी




















१.
बदलिन्छ मेरो भाइ बदलिन्छ
हरेक अ्राँखाको हेराइ बदलिन्छ

कोमल फूलले मुटुमा घोचेपछि
तिम्रो छातीको दुखाइ बददिन्छ

घाउ त पुरानै पुरानै छन बाँकि 
उहि तरिकाले दवाइ बदलिन्छ 

सरूवा भएरनयाँ   हाकिम अ्रायो
फेरि राजस्वको भर्पाइ बदलिन्छ

कति निष्ठुरि छ यो पापी समय
तिम्रा हातहरू नसमाइ बदलिन्छ
 २.


साँच्चैनै बुद्धहरू घना जङ्गलमा बेपत्ता छन
भन अझै कति जना जङ्गलमा बेपत्ता छन?

उनि पाउ छोएर हरदिन पुँज्ने गर्थिन पतिलाइ
उनका पुँजा र अर्चना जङ्गलमा बेपत्ता छन

फुलेर पहरा पहरामा मिठो मिठो सुवास छर्दै
ती वनफूलका बासना जङ्गलमा बेपत्ता छन

उनि फर्किइन लुटिएको शरिर र डोको लिएर
कठै चित्कार र गहना जङ्गलमा बेपत्ता छन

म खोज्दैछु तिनै भुमिगत छापामार युवतीलाइ
३.
सताउँछ हरपल याद अजर बनेर
सम्झनाको स्तम्भ घन्टाघर बनेर

किसानहरूले धान फलाउने खेत
ति नदिसँग मिलेछन बगर बनेर

पापी भगवानको सङ्गत गरेपछि
फूल फर्कन्छ कठोर पत्थर बनेर

एइ निष्ठुरि तिम्ले गरेका वाचाले
मुटु दुखाउँछ अचेल असर बनेर

परदेशीको घर फिर्ने सपना पनि
कहिलेसम्म रहने हो रहर बनेर
 

४.

कि फूलसँग काँडाको धार नहोस
कि त दुवैको एउटै संसार नहोस

प्रेमिल मन खुसीले गदगद हुन्छ
राखेको प्रस्ताब बहिस्कार नहोस

समाज त्यतिकै राम्रो भैहाल्छ नि
कैदि नहोस कतै कारागार नहोस

अचेल यस्तो पनि सोच्ने गर्छु म
जीवनसँग मृत्युको उपहार नहोस

५.

छन त सबको नजरमा दानी थियो
मन्दिरमा पनि उस्को लगानी थियो

तिमी बर्बाद हुनुमा म बर्बाद हुनुमा
अ्राखिर दोषी त त्यो जवानी थियो

किन बुध्दहरूले हतियार उठाएनन
जब हिटलरहरूको मनोमानी थियो

उडाउनेले पैसा यति वेस्वादले उडायो
जबसम्म बाबु रूपियाको खानी थियो
 





 काभ्रे
हाल, मलेसिया

No comments: