गजल
जितेन्द्र रसिक
नबोली नबोली नसताउ प्रिय
आउ मनको दुरी घटाउ प्रिय
तिम्रा र मेरा केहि रहरहरु
तुहिए होलान् केहि वताउ प्रिय
आफै त झन दुखेको छ मुटु
नवल्झाउ मनको घाउ प्रिय
मायाँ खेल होइन न जुवा तास
छानी छानी दाउ नलगाउ प्रिय
यो प्यारको लडाँई म जित्छु अवश्य
मायाँको हतियार उठाउ प्रिय
रचनाकाल ः २०६९ माघ
जितेन्द्र रसिक
गजल
खोल ति, ओंठ खोल र सुनाउ मिठो गजल
यो महफिल तताएर गुन्गुनाउ मिठो गजल
पङ्ख फिजाई रमाउन् रुखका चरिले पनि
बनाउ सुन्दर धुन र सुसाउ मिठो गजल
रोकेर पाइला टक्क सुस्ताउन् बटुवा पनि
मेटिउन् थकान सबको गाउ मिठो गजल
उघारुन् लाजको घुम्टो साँझमा जूनले पनि
क्वैलीको मधुर स्वरमा उठाउ मिठो गजल
जुर्मुराई आउन मस्त सुतेका वस्तिहरु
निदमा परेकालाई व्युँझाउ मिठो गजल
No comments:
Post a Comment