![]() |
–चन्द्रप्रसाद न्यौपाने |
सशक्त नारी हस्ताक्षर – प्रधान
सीता प्रधान नारी हस्ताक्षरको एक सशक्त नमूना हुन् । नेपाली साहित्यमा सीता प्रधानले २०२४ सालदेखि २०६३ सालसम्ममा कविताविधाका ५ पुस्तक नेपाली साहित्यको पुस्तकालयमा सजाइसकेकी छन् । पुरुष महिला दुई जात सृष्टिका लागि एकापसमा मिल्दछन् ।आधा पुरुष आधा महिला । प्राकृतिक आश्चर्य पनि हो, यी दुवैको सृष्टिमा बराबरीजस्तै जनसंख्या देखिन्छ । प्रत्येक क्षेत्रमा यी दुवैको समान अधिकार समान दायित्व छ तर पुरुषभन्दा महिला किन पछाडि रु काम गर्ने क्रियाशीलता महिलामा बढी देखिन्छ तापनि जस पाउनेमा पुरुष अगाडि भेटिन्छन् । यसमा के आश्चर्य छ रु
यसैमा आश्चर्य लागेको छ । सिन्धुपाल्चोक जिल्लाको साहित्यिक इतिहासलाई हेर्दा पुरुषभन्दा महिला निकै पछाडि देखिन्छन्– जस्तो स्वमुक्तलयमा कविता लेख्नेभन्दा छन्दोबद्ध कविता लेख्नेको संख्या निकै कम देखिन्छ । के नारी छन्दोबद्ध हुन् रु त्यहाँ रस, अलङ्कार, श्रृंगार, अभिव्यक्तिको अनौठो खेल छ रु किन रु त्यसोभए नारी किन पडाडिको पछाडि नै रु यो प्रश्न नारीका लागि मात्र हो ।
काठमाडौंमा जन्मिएकी सीता प्रधान को कर्मघर सिन्धुपाल्चोक चौतारा हो । बी।एड। सम्मको अध्ययन गरेकी सीता प्रधान शिक्षण पेशामा पनि संलग्नित रहँदै आएकी हुन् । विभिन्न सामाजिक संघसंस्थामा काम गर्दै आएकी सीता प्रधानको तीनवटा कविताकृति प्रकाशित छन् । आधुनिक मुक्तलयमा लेखिएको ढुङ्गा फक्रन्न नामक खण्डकाव्य कवयित्री सीताको आफ्नो परिस्कृत कविताकृति हो । काव्य रसमय छ । श्रृंगार र करुण रसको प्रमुखता भएको उक्त खण्डकाव्यमा वीर रस पनि भेटिन्छ । आत्मपात्र नै काव्यको प्रमुख पात्र हो । अन्य पात्रहरुमा फूल प्राकृतिक अन्य वस्तुलाई विम्ब बनाइएको छ । काव्यमा प्रेमको कामना गरिएको छ । कवयित्री सीताको केही शब्दहरुबाट केही शब्द टिपूँ – “तपाइँहरु नै भन्नुस् कि फूलले ढुङ्गासँग प्रेम ग¥यो, के यो अपराध हो रु ढुङ्गालाई पगाल्न खोज्यो, उर्वरा बनाउन खोज्यो, ढुङ्गामा रगत सिंचन खोज्यो, ढुङ्गामा सास भर्न खोज्यो के यो पाप, अपराध, अत्याचार गरेको हो र रु यहाँ यस्ता मानिसहरु पनि छन् जसका मुटु ढुङ्गा भन्दा पनि साह्रो हुन्छन्, छाम्नु पर्ने होइन आफैं प्रदर्शित हुन्छ ।”
कवयित्री सीता प्रधानको कवितात्मक प्रस्तुति राम्रो, स्तरीय छ । खण्डकाव्यको संज्ञा पाएको उक्त ‘ढुङ्गा फक्रन्न’ नामक काव्यमा खण्डकाव्यभित्र समेटिनु पर्ने पूर्ण नियमपालना नभए पनि काव्य अधुरो छैन । आत्मपात्रद्वारा प्रस्तुत भएको उक्त काव्यमा आंशिक जीवन–खण्डको परिचय दिएको हुनाले प्रस्तुत काव्यलाई खण्डकाव्य भन्न पनि सकिन्छ ।
कवयत्री सीता प्रधान स्वमुक्त संसारमा रमाउन चाहन्छिन् । उनका गीत कविताहरु सरल र यथार्थपक्षीय छन् । कवयत्रीको लेखन खासगरी देखेका, भोगेका कुराहरुलाई नघुमाइकन सीधै व्यक्त गर्ने भएकाले प्रस्तुत समर्पण गीतसङ्ग्रहमा पनि सीधै आफ्ना भावनाहरु व्यक्तिएका छन् ।
सीता प्रधान नारी हस्ताक्षरको एक सशक्त नमूना हुन् । नेपाली साहित्यमा सीता प्रधानले २०२४ सालदेखि २०६३ सालसम्ममा कवितासङ्ग्रह र खण्डकाव्यका ५ पुस्तक नेपाली साहित्यको पुस्तकालयमा सजाइसकेकी छन् । उनको ‘एक छेउ नारी आन्दोलन’ खण्डकाव्य नारीआवाज केन्द्रित छ । प्रायः सीताजीका कृतिमा नारीआवाज समेटिएका छन् । यतिखेर प्रकाशित हुन लागेको ‘पृथ्वी’ शीर्षकको महाकाव्य पनि नारी प्रधान रहेको उनको भनाइ छ । नारी भनेको पृथ्वी हो भन्ने तर्क महाकाव्यकारिका सीता प्रधानको हो ।
खण्डकाव्य एक जीवनको एक अंश वा एक प्रादेशिक वर्णन÷चित्रण हो भने महाकाव्य त्यसको विस्तृत रुप । सीता प्रधानले नेपाली कविताको गद्यशैलीमा ‘पृथ्वी’ नामक महाकाव्य सिर्जना गरेको घोषणा गरेकी छन् । ‘पृथ्वी’ महाकाव्यको पाण्डुलिपि मैलै पढ्न पाएको छैन । उक्त काव्यसम्बन्धी म त्यति जानाकार छैन । सीताजीबाट एउटा महाकाव्यको काय खडा भएको छ भन्ने कुरा सुन्न पाउँदा अत्यन्त हर्ष लागेको छ । नेपाली महिलाहरुमा बुनू लामिछाने ९२०२९० ले ‘याचना’ र ‘विद्रोही इन्द्रकुमारी’ नामक दुई महाकाव्य दिइसकेकी छन् । दुवै महाकाव्यहरु छन्दमा संरचित छन् र महाकाव्यमा समेटिनुपर्ने गुणबाट सम्पन्न पनि छन् । जसमा रस, अलङ्कार, पात्र, बर्णन बिराट्ता आदिले सुसम्पन्न छन् । त्यस्तै सीता प्रधानले पनि यो कठिन यात्रामा हिँड्ने आँट गरेकी छन् र ‘पृथ्वी’ नामक महाकाव्यको विशाल काय हाम्रा साम्ने खडा गरिदिएकी छन् । यस्तो शुभ सन्देशले हामी नेपालीभाषी साहित्यप्रेमीहरुलाई हर्षले गद्गद् बनाएको छ ।
‘महाकाव्य’ महाकाव्य भन्दैमा उसले पूर्ण रुप पाउँदैन । महाकाव्यमा एउटा युगको चित्रण हुनै पर्दछ र कम्तीमा आठ खण्डविशेषमा लेखिनु आवश्यक छ । नेपाली भाषामा ‘महाकाव्य’ भनी नामाकरण गरिएका करिब २०० जति महाकाव्य छन्, तर ती सबै महाकाव्यिक गुणले सम्पन्न छैनन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाका शाकुन्तल, समको चिसो चूल्हो, प्रश्रितको मानवले एकताका खुवै चर्चा पाए र ती अझैसम्म पनि ताजै छन् । ५० को दशकमा महाकाव्इ खुवै लेखिए र त्यो दशकलाई महाकाव्यको ‘स्वर्णयुग’ भनिन्छ । एउटा कठिन यात्रा पार गरेपश्चात् मात्र महाकाव्यिक यात्राको पार गर्न सकिन्छ । यो अनुभवको कुरा हो ।
अधिकांश नेपाली महाकाव्यहरु पद्य ९छन्द०मा छन् । नेपाली गद्यशैलीमा लेखिएका महाकाव्यहरु अत्यन्तै कम छन् । पद्यमाभन्दा गद्य महाकाव्य लेख्न कठिन हुन्छ । नाट्यसम्राट बालकृष्ण समको ‘चिसो चूल्हो’ गद्यप्रधान महाकाव्य हो, तर यसलाई उनले गद्यकै पूर्ण रुप भने दिन सकेनन् र कतै कतै छन्दको पनि प्रयोग गरेर ‘चम्पूकाव्य’को रुप दिए । त्यस्तै मोदनाथ प्रश्रितको ‘मानव’ महाकाव्य गद्यप्रधान छ तापनि कविले गद्यमै पूर्णता दिन नसकेर पद्यका केही श्लोकहरु थपेर ‘चम्पू’कै रुप दिन पुगे । नेपाली साहित्यमा आजसम्म गद्यमा लेखिएको पूर्ण महाकाव्य महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रमिथस मात्रै देखिएको छ । यसै क्रममा सीता प्रधानले पृथ्वी नामक महाकाव्य पूर्ण गद्यको रुप लिएर आएकी छु भनेकी छन् । पृथ्वी महाकाव्यको पाण्डुलिपि मैले हेरेको छैन, र उसका विषयमा म केही भन्न सक्दिन । प्रमिथसको जस्तो कलात्मकता, मानवको जस्तो वैचारिकता र विशिष्टता, चिसो चूल्होको जस्तो सामाजिक यथार्थताको चित्रण भएजस्तै पृथ्वीमा पनि एउटा गुणविशेष त होला नै १ सीताजीको पृथ्वी नामक महाकाव्य हामी साम्ने आउन लागेको यो सुखद् खबर हो । दिदी सीताजीको यो वेग नथामियोस्, यही कामना गर्दछु ।

No comments:
Post a Comment