गीत
खन्छु खोरिया, जान्न कोरिया
गीत
लाइन बस्दै थाकें म त जान्न कोरिया
घर फर्की जान्छु अब खन्न खोरिया ।
जागिर खोज्दाखोज्दै मेरा खुट्टा खिइसके
अन्तरवार्ता दिंदादिंदै शब्द रित्तिसके
साथीहरु लाइनमै छन् जान कोरिया
घर फर्की जान्छु म त खन्न खोरिया ।
कोही युवा जंगल पसे कोही खाडीतिर
माया गा“स्ने कोही भएन आफ्नो पाखोसित
कौडी दाममा बेचिंदै छन् हाम्रा खोरिया
लाइन बस्दै थाकें म त जान्न कोरिया ।।
गीत
लक्ष्मी प्रसाद सिग्देल
नहिँद खोज्न त्यो स्वर्गद्धारी यहिंनै स्वर्ग छ
नेपालीमाटो जन्मन पाउनु यहि नै गर्व छ
झलल बल्छ उत्तरतिर चाँदिको हिमाल
हिमाल पहाद तराइको फाँटले सजेको नेपाल
झर्रर्र झर्छन छाँगा र झरना झङ्कार गरेर
बग्दछ धेरै नदि र नाला नागबेली परेर
तराइको फाँत धानको बाला सुन फल्ने बगैंचा
हिमाली घर ढुङ्गाको छाना सजेका गलैंचा
नेपाली कला झल्किन्छन् यहाँ मन्दिरको टुँडालमा
तेत्तिसकोती देवताको मुर्ति पवित्र भूमिमा
नेपाली आमा दिदि र वहिनी अप्सरा सरी हुन्
डम्फु र मादल झ्याली र झ्याम्टा बज्दछन् मिठा धून
मुर्चुङ्गा अनि विनायो फुक्दै गोठाला भूलेका
कस्तुरी मृग गैंडा र हाँती चौरी गाई डुलेका
नहिंड खोज्न त्यो स्वर्गद्धारी यहिंनै स्वर्ग छ
नेपालीमाटो जन्मन पाउनु यहि नै गर्व छ
झापा, केचना –९
Subscribe to:
Comments (Atom)

No comments:
Post a Comment