फाँचल





TaraPunja


कृति: तारापुञ्ज

प्रवर्तकः जितेन्द्र रसिक
सर्जकहरू:
जीतेन्द्र श्रेष्ठ 'रसिक', दीपेन्द्र श्रेष्ठ 'उदास', बद्रिबहादुर तामाङ 'सङ्गम' तथा फइन्द्र तामाङ 'अखिल' दिपेश एकल, यदुनथ कोइराला, थरेन्द्र मिश्र
विधा: संयुक्त फाँचलसङ्ग्रह
प्रकाशन मिति: २०६५
मुल्य रू : ५०/-
आवरण: अमित घिमिरे
मुद्रक: सेवा अफसेट प्रेस, चौतारा
ISBN: 978-9937-2-1128-4
तारापुञ्ज (संयुक्त फाँचलसङ्ग्रह)
प्रकाशक ः फाँचलमण्डली
सर्वाधिकार ः फाँचलमण्डली
संस्करण ः प्रथम, २०६५
प्रति ः ५०१


http://www.onlinesahitya.com/tarapunja र www.merosindhu.com
बाट पनि हेर्न सक्नु हुन्छ

तारापुञ्ज' फाँचल

 राजन न्यौपाने
सिन्धुपाल्चोक कला र साहित्यको उर्बर भुमी हो। यही भुमिका दुई साहित्य अनुरागी जीतेन्द्र रसिक र दीपेन्द्र उदासले साहित्य साधनालाई साझा चिन्तन बनाएर नेपाली साहित्यमा नै नयाँ विधाको विकासमा जुटेका छन्। यस क्षत्रेमा अहोरात्र खटेका घरको भुगोल स्याउले गाविस र कर्मथलो नवलपुर (बाँडेगाँउ)लाई बनाउन पुगेका दुई अनुज गजल विधाका राम्रा पारखी हुन् । आफना पेशाबाट अतिरिक्त समय निकालेर एक रफ्तारमा एउटा साधनामा दाजुभाइ जुट्न उदाहरणीय कार्य हो ।
साहित्यलाई असाध्यै माया गर्ने यी दुई अनुजले साहित्यिक पत्रिका सिन्धु दर्पणलाई पनि निरन्तरता दिँदै आएका छन् । जुन ठाँउमा उभिएर नवोदित सष्टाले आफ्ना सिर्जनालाई सार्वजानिक गरी आफना पहिचान उभ्याउन सकेका छन, त्यस्ता प्रशंसनीय कार्यका जसदारहरुका लाममा रसिक र उदासलाई समग्र सिन्धु साहित्यले कदर गर्नेछ।
यिनै सिन्धु साहित्यका उदाउँदा नक्षत्रहरुको नयाँ कृति ‘तारापुञ्ज’ बजारमा आएको छ। फाँचलका विषयमा स्पष्ट विचारसहितको यस किसिमको कृतिले सिन्धु साहित्यको भण्डार झन् भरिदै गएको छ। साहित्यिक क्षेत्रमा यस कृतिले सफलता पाओस अनि सिन्धुका कलमकर्मीहरुमा अझै गौरब महसुस हुन सको हाम्रो शुभकामना।।।



फाँचल लेखन सम्बन्धी  केहि आधारभूत  जानकारी

“फाँचल” अर्थात एउटा फराकिलो चलायमान स्वतन्त्र विधा जुन
गायन र पाठ्य दुबै योग्य छ । फाँचल विभिन्न मूल प्रवृत्तिहरु मिलेर वनेका
छन् । ति हुन् –
क) फाँको,
ख) फेत,
ग) विथि,
घ) उँजाई
ङ) पुच्छ,
च) उठानचुली,
छ) जडानकुशल,
ज) पुञ्ज, महापुञ्ज

क) फाँकोः–फाँको फाँचलको मुटु हो । फाँको विना फाँचलको कल्पना गर्न
सम्म पनि सकिँदैन । जसरी मुटु विनाको मानव कल्पना गर्न सकिन्न ।
ख) फेतः–फेत फाँचलको प्रपुख आसन हो । जस्ले फाँचल लेखनमा उठानचुली
र जडान कुशललाई पुर्णता दिने काम गर्दछ ।
ग) विथिः–हरेक फाँचलका दुई हरफको एक पातोलाई विथि भनिन्छ ।
घ) उँजाईः– फाँचलको पहिलो विथिलाई उँजाई भनिन्छ ।
ङ) पुच्छः–उँजाईपछि क्रमशः आउने विथिहरुलाई पुच्छ भनिन्छ ।
च) उठानचुलीः–हरेक विथिको पहिलो हरफलाई उठानचुली भनिन्छ ।
उठानचुलीले विषयबस्तु र सन्दर्भ उठान गर्ने कार्य गर्दछ ।
छ) जडानकुशलः–हरेक विथिको दोस्रो हरफलाई जडानकुशल भनिन्छ ।
जडानकुशलले उठानचुलीले उठान गरेका शन्दर्भ र उत्सुकतालाई
जोद्ने र निभाउने काम गर्दछ ।
ज) पुञ्जः–हरेक फाँचलको एकाईलाई पुञ्ज भनिन्छ ।
झ) महापुञ्जः–फाँचलमा विभिन्न विषयबस्तुहरु विथि क्रम नटुटाईकन
लम्ब्याएर लेखिने सिङ्गो फाँचलको एक एकाईलाई फाँचल महापुञ्ज
भनिन्छ ।
यि त भए फाँचलका मुल प्रवृतिहरु ।



फाँचलका आवश्यक तत्वहरुः
फाँचल लेखनका नियमहरुः
१. हर फाँचलमा आउने दुई हरफलाई विथि भनिन्छ ।
२. हरेक विथिको पहिलो हरफलाई उठानचुली र दोस्रो हरफलाई जडानकुशल
भनिन्छ । उठानचुलीले विषयबस्तु सम्बन्धी सन्दर्भ उठान गर्ने र जडानकुशलले
उठानचुलीले उठाएको सन्दर्भले मागेको भाब कुशल तरिकाले जोड्नु हो ।
३. पहिलो विथिलाई उँजाई भनिन्छ । जस्ले फाँचल गायनमा प्रमुखभुमिका निर्वाह
गर्दछ । फाँचल गायनमा उँजाइले गायनलाई उजिल्याउँदै श्रोता वा दर्शकहरुलाई
आकर्षण गर्ने काम गर्दछ ।
४. पहिलो विथि पछि क्रमशःपछि आउने विथिहरुलाई पुच्छ पनि भनिन्छ । हर
विथि र पुच्छमा फाँको र फेतको चमत्कारीपुर्ण ढंगले प्रयोग गर्नु पर्दछ । कुनै
अबस्थामा भने फेत लोप र फाँको को ससक्त प्रयोग गर्न सकिन्छ ।
५. फाँचल गायन र पठन दुबै योग्य भए पनि गेयात्मक हुन जरुर छ ।
६. फाँको फाँचलको मुटु हो भने फेत आसन हो ।
७. कुनै अवस्थामा फाँचलको फाँकोसँग फेत पनि जोडेर आउँदछ । जस्तैः सानीमा,
पानीमा, सानी र पानी फाँको अन्तर्गत पर्दछ ‘मा’ फेत अन्तर्गत पर्दछ । तर
यसरी आएका फाँकोहरुलाई फेत लोपको रुपमा लिइन्छ ।

८. फाँचल रजरमा पनि लेख्न सकिन्छ तर स्वतन्त्रता प्रदानताको हिसावले कुनै
छन्द वा रजर नियमले बाँधिनु नै पर्छ भन्ने अनिवार्य छैन । तर रजर शाष्त्रमा आधारित भएर पनि फाँचल लेख्न सकिन्छ ।

९. फाँचल चार विथि भन्दा कमको गणना उचित हुँदैन । चार विथि पछि भने
जति विथि पनि लम्ब्याउन सकिन्छ ।

१०. सिङ्गो फाँचल एउटा पुञ्ज हो । गणनागर्दा फाँचलको १ पुञ्ज, २ पुञ्ज क्रमस
गरिन्छ ।

११. फाँचल स्वतन्त्र विधा भएकोले जुनसुकै वस्तुलाई लिएर सृजना गर्न सकिन्छ ।

१२. फाँचलको विथि क्रम नटुटाइकन लम्ब्याएर सारा विषयबस्तुहरु समेटेर

फाँचल महाँपुञ्ज पनि निर्माण गर्न सकिन्छ ।

१३. उँजाइको अथार्त पहिलो विथिमा फाँको र फेत प्रयोग हुँदा दोस्रो विथिमा फेत
लोप तेस्रोमा पुनःफाँको फेत चौथोमा फेत लोप गरि क्रमस एक–एक विथिको
अन्तरमा फाँचल लेखनलाई चमत्कारिता दिन सकिन्छ ।

१४. हलन्त लागेको वर्ण, आधा वर्ण र ई इ उ ऊ जस्ता अक्षरांस समानताकोे नियमपालना अनुसार प्रयोग गर्न सकिन्छ । जस्लाई कुनै अवस्थामा गणना गरिन्छ भने कुनै अवस्थामा गणना गरिदैन ।

१५. गायनको हकमा फाँचल गाउँदा एक–एक विथिको अन्तरमा उँजाई दोहो¥याउन अनिवार्य छ ।
१६. फाँचलको शिर्षक मान्य छैन ।



उदाहरणको लागि तारापुञ्ज सङ्ग्रह बाट साभार

फाँचल
पुञ्ज –१

जिन्दगानी फुल जस्तो भए हुन्थ्यो बरु
फूल जस्तै फक्रिएर गए हुन्थ्यो बरु ।

बनरे सुवाषिनी सुवाष छरि दिन्थें
बसन्तको हरियाली पाउ परि दिन्थें ।

भँवराले चुम्दा अधर आउँथ्यो मजा वेग्लै
स्पर्शमा फूल केस्रा छाउँथ्यो मजा वेग्लै

लोभिंदै प्यासि बनि आउँथे होला कोहि
मेरै गीत रमाई गाउँथे होला कोहि ।

मन्दिरमा फुल थुँङ्गा सजाएर कोहि
रम्थे होलान् पञ्चेबाजा बजाएर कोहि

पारिजात शिरिष कहिं  वुकिफूल झंै
फुल्न पाए रम्थें म चरि वुलवुल झंै

जिन्दगानी फुल जस्तो भए हुन्थ्यो बरु
फूल जस्तै फक्रिएर गए हुन्थ्यो बरु


दीपेन्द्र श्रेष्ठ ‘उदास’

पुञ्ज –१


दुःख सुख वरावरी भयो जिन्दगानी
चाहारेर भाग्य खोज्न गयो जिन्दगानी

आफै लाउँ आफै खाउँ हुन्न जिन्दगानी
सुखै सुख कहिले नि छुन्न जिन्दगानी

लुकीकहाँ पो बस्छन् होला सुखको खानी
भेट्छु वरु म जताततै दुःखको खानी

नियतिले ग¥यो आजै किन आनाकानी
दोधारमा प¥यांै हामी आज जानजानी

दुःख सुख वरावरी भयो जिन्दगानी
चाहरेर भाग्य खोज्न गयो जिन्दगानी

बद्रिबहादुर तामाङ ‘संगम’

पुञ्ज –१

लक्ष्यमा पुग्न अगाडि बढ साथी
सफलताको शिखर चढ साथी

आँधी भएर अगाडि बढ्नु पर्छ
सबैको दिल भित्रै लौ गड्नु पर्छ

गुडि भएर जीत मन सबैको
ज्ञानी मानिस नै हो धन सबैको

कहिल्यै नथाक्ने वाटो पहिल्याउ
आफु जन्मेको यो माटो पहिल्याउ

लक्ष्यमा पुग्न अगाडि बढ साथी
सफलताको शिखर चढ साथी

 

फइन्द्र तामाङ ‘अखिल’

पुञ्ज –१

 


मेरो जीवन हार भो
म त मरेको सार भो

लाख आत्मा जल्दा पनि
आप्नोपन ढल्दा पनि

आफैमा म घेरि रहेँ
विभत्सता हेरि रहेँ

कठै ! त्यो भोकै मरेको
अर्कैले मस्ती गरेको


मान्छे जितेको छ त्यहाँ
मान्छे रित्तेको छ त्यहाँ


लाचारीको जल पिएँ
र मिथ्या जीवन जिएँ

मेरो जीवन हार भो
म त मरेको सार भो ।



No comments: