Thursday, 29 November 2012

जोमसोम यात्रामा निस्कनु अघिको पोखरा जितेन्द्र रसिक

 

जोमसोम यात्रामा निस्कनु अघिको पोखरा

         जितेन्द्र रसिक
सिम सिम पानी धुम्म आकास मडारिँडो बादल भित्र कुस्ती खेल्ने मौका मिलेपछि मैले आफुलाई भाग्यमानी को कोतीमा राखेको थिएँ । मनमनै डर पनि । गत वर्षहरुमा झैं यसपाली कृष्ण भीरले सञ्चारमाद्यामहरुमा ठाउँ पनि त पाएको थिएन । तैपनि जिज्ञासा राखें । गुडेर कि उडेर । उनले कृष्णभीर कोे चिन्ता नलिनुस न मित्र ,यति एयरल्याण्डको टिकट बुकिङ भैसकेको छ । यति भनेपछि  म ढुक्क भएँ ।  सहयात्री फोटो ग्राफर समिर लामाको  जोमसोम यात्राको प्रस्ताव ले मनमा छुट्टै प्रकारको मिठो यात्राका अनुभुतिहरु सल्वलाउन थाल्यो । कल्पनामै जोमसोम घुम्न थालें । तर, यो मेरो जोमसोम यात्रा जीवनकै पहिलो भएकोले कल्पनाका क्यानभासहरुमा वास्तविक चित्र कम काल्पनिक बढि सल्वलाए ।
उनी सँग एकजना विदेशी फोटो पत्रकार स्लोभाकियाका ब्रानो पनि यात्रामा सरिक हुने भएपछि हामी तीनजना हुने भयौं । श्रावणको महिना जनै पुर्णिमाको दिन काठमाडौंको पशुपतिमा फोटोको लागि चाहार्दा चाहार्दै परिचित हुन पुगेको फोटो पत्रकार समिर र स्लोभाकियाली ब्रानोेको मित्रताले जरा गाडिसकेको थियो । व्रानोले नै जोमसोम ट्रेक जान आग्रह गरेपछि उनले मलाई सँगै जाने अवशर प्रदान गरेका थिए । करिव एक दसक वित्नै लागेछ उनको र मेरो मित्रताले । पत्रकारिता क्षेत्रको मिसनमा भेत भएका उनीसँग १० वर्ष अघि काठमाडौंको वसन्तपुरमा परिचय भएको आजै झैं लाग्छ । समयले हामीलाई करिव आठ वर्ष पछि पुनः एउटै छाता मुनि काम गर्ने अवशर दियोे ।  श्रावण महिना अपर्झटको यात्रा तय गर्नु पर्ने  भयो । जोमसोमको लागि हामी तीनै जना नयाँ नै थियौं । ब्रानो र म अघिल्लो दिननै समाखुसी स्थित समिरको घरमा पुग्यौं । ब्रानो, उनी पनि एक फोटो जर्नालिस्ट नै रहेछन् । परिचयको क्रममा उनले मलाई धेरै भाग्यमानी भनेका थिए । किनकी उनलाई नेपाल स्वर्ग जस्तै लाग्यो अरे । ‘यस्तो देशमा जन्मेको तपाई नेपालीहरु भाग्यमानी नभए हामी स्लोभाकियाली हरु हुन्छौं त ?’ उनी प्रंफुलित भएर भनेका थिए । रात भरी मिठा मिठा गफ र वाइन रमरममा भुल्दै मिठा मिठा गफमा रमाई रह्यौंं । विहानै  विमान स्थल पुग्यौं । पोखराको लागि उड्यौं । चिल र्झैं आकासमा उडिरहँदा समिर ले ठट्टा गरे । यहाँ बाट हाम फालौं न । म झ्याल खोली दिन्छु  । उनको ठट्टा गर्ने बानी पनि अचक्मकै छ ।  हाम फाले पछि त पखेता पलाई हाल्छ नि । समिर चुल्वुलिन थाल्यो ।  ‘भयो मलाई त्यो आनान्द लिनु छैन तिमी आफै लेउ’ मैले भने ।  हामी जोडले हाँस्यौ मात्रै । विदेसी पनि हामी तिर हेर्दै बुझ्दै नबुझि हाँसे । सायद सहयात्री हुँ भन्ने उनको हाँसो ले वरिपरि सिटवेल कसिएकाहरुले सजिलै बुझ्न सके होलान् । धुम्म आकास बादल मडारिरहेकै थियो हामी समाहित विमान बादल लाई उछिन्दै आकासगंगा माथी वेग हान्न थाल्यो । पृथ्वी का वस्तिहरु पुरै बादलले छेकेको थियो कठिने कथामा इन्द्रजीको पूष्प विमान जस्तै पोखराको आकासमा केहि वेर चक्कर लगाएर जहाज पोखराको विमान स्थलमा परिक्रमा गर्दै थिए ।  लेकको शेर्पावारीमा चोर भालुले आलु चोर्न पुगे झैं गरी खराव मौसम मा पनि विमान अवतरण गर्न सफल भयो । त्यतिखेर मात्र वल्ल ढुक्क भएँ कि हामी खराव मैसमको वावजुद पनि पोखरामा उत्रन सक्यौं ।
पोखरा दुलहिझैं सजिएको थियो । प्रकृतिको घुम्टो ओढेर नतमस्तक बनेकी तरुनी यूवती जस्तै । त्यहाँ पुगेर हामी बाराहि होटलमा वस्यौं । त्यो साँझ पोखराको मनोरम दृष्य बादलले धपक्कै ढाकेर वेपत्ता पारिदिएको थियो । वाथरुम छि¥यौं र फ्रेस भएर निस्कियौं । गार्डेनमा बसेर कफिको चुस्की सँगै नजिकैको स्विमिङपुलमा पौडिरहेका जोडिहरुका क्रियाकलापहरुमा रमाई रह्यौं । ब्रानो ले स्विमिङ् गर्ने मनसाय राखेपछि समिर र म बाहिरियौं ।  स्विमिङ कस्टम किनेर ल्यायौं । साँझ करिव एक घण्टा हामी जल क्रिडामा रमायौं । ब्रानो पनि कम्ती रमाइलो मान्छे थिएन । उनले त स्विमिङ् अवधिमा पनी हँसाएर रमाइलो गरे । उनको ग्रर्ल फ्रेण्ड सँगको जल क्रिडाका सन्दर्भहरु उप्काउँदै मनको लड्डु घिउ सँगै खाइरहे । हामीले मजाक गर्दै उनलाई साथ दियौं साँझ डिस्को जाने मन ग¥यो समिरले । ब्रानो र म पनि के कम ‘जाउँ न त जाउँ’ भन्दै तयार भयौं । डिनर पनि बाहिरै खाने योजना बनाएर हामी तीनै जना रुम लग गरेर बाहिरियौं । काठमाडौको भन्दा पोखराको डिस्को हरेक हिसाबले व्यवस्थित लाग्यो । हातमा स्टयाम्प् लगाए पछि कडा सुरक्षा जाँचपछि मात्रै हामीलाई डिस्को भित्र छिर्ने अनुमति दिइयो । त्यति विघ्न व्यवस्थित काठमाडौका डिस्को हरुमा यस्तो व्यवस्थित सायदै हुन्छन्  ।  हामीले मनग्य बारमा बसेर पियौं र केहि घण्टा उफ्रि उफ्रि पिएको पचायौं र त्यहाँ बाट बाहिरियौं एउटा होटलमा गएर डिनर सकेर ट्याक्सी लिएर बाराहिमा हुँइकियौं । रात अबेर सम्म रमाइलो गफमै वितेकोले विहान अवेर मात्रै विउँझ्यौं । क्रमसः

No comments: