साहित्यिक समाचार




गजलकार कल्पना श्रेष्ठको ऐ फूलका मालीहरु सार्वजनिक

 

सिन्धुपाल्चोक जिल्लाकी गजलकार कल्पना श्रेष्ठको गजल संग्रह ‘ए ! फूलका मालीहरु’ शनिबार विमोचन भएको छ । साहित्यकार गीता केशरी, प्राज्ञ बुँद राना, गजलकारकी आमा मानकुमारी श्रेष्ठले संयूक्त रुपमा सिंहदरबारमा संग्रह विमोचन गरेका हुन् । 

सो अवसरमा साहित्यकार गीता केसरीले सुरुमा वीर रसमा कविता लेखिंदै आएकोमा गजल भने भानुभक्त हुँदै मोतिरामभट्टले भित्र्याएको बताइन् । उनले गजलकारको सिर्जना क्षमताबारे प्रकाश परोकी थिइन् । प्राज्ञ बुँद रानाले पीडादायी स्रष्टा श्रेष्ठको कृतिमाथि चर्चा गरेका थिए ।
कार्यक्रममा समालोचक एवम् कवी देवी नेपालले गजलमा गुणात्मकतामा ध्यानदिनु पर्ने बेलाआएको बताए । कृति समिक्षा गर्दै उनले भने, ‘कृतिमा समेटिएका गजलहरुमा रदिफ र काफियाको समस्या छैन । सम्प्रेषण तथा गेयात्मकताका दृष्टिले पनि गजल अब्ब छन् ।’ गजलकार श्रेष्ठले श्रेष्ठले विदेशिएका युवालाई देश नबिर्सन आग्रह गर्दै देशलाई फूल र परदेशिएकालाई मालीको रुपमा कृति सिर्जना गरेको बताइन् । प्रकाशक डिकुरा प्रकाशन प्रालिका अध्यक्ष एवम् उपन्यासकार पुण्यप्रसाद प्रसाईको सभापतित्वमा सम्पन्नकार्यक्रममा गजलकारहरु कल्पना शर्मा, बादल घिमिरे, कुमार श्रेष्ठ, लक्ष्मण सञ्ज्यालले विमोचित कृतिबाट गजलवाचन गरेका थिए ।




मोतिरामको सम्झनामा शृङ्खला

 

 

 

 

 

 


भक्तपुर साहित्यिक समाजको नियमित मासिक घुमन्ते साहित्यिक शृंखला भाग–२ को सत्रौं संस्करण भक्तपुर, कटुञ्जेस्थित महेन्द्र नि.मा.वि.मा शनिबार सम्पन्न भयो ।

१४७औं मोति जयन्तीको अवसर पारेर आयोजित शृंखलामा भट्टकोे “दिनको पचास त के हजार पटक.......” शीर्षकको गजललाई सभापति बनाइएको थियो । शृङ्खला भट्टप्रति नै समर्पण गरिएको थियो । भक्तपुरको साहित्यिक माटोलाई उर्वर बना
उन क्रियाशील समाजले अग्रज स्रष्टा÷सर्जकको सम्मान तथा नव प्रतिभालाई प्रोत्साहन प्रदान गर्न मञ्चको व्यवस्था गर्दै हरेक महिनाको अन्तिम शनिबार घुमन्ते अभियान अन्तर्गत निरन्तर रूपमा भक्तपुरका विभिन्न क्षेत्रमा शृङ्खला सञ्चालन गर्दै आएको छ । भक्तपुर, कटुञ्जेस्थित महेन्द्र नि.मा.वि.को सभाकक्षमा सम्पन्न उक्त शृङ्खलामा उपत्यका, छिमेकी काभ्रे, सिन्धुपाल्चोक, झापा, रामेछाप, सर्लाही जिल्लाका गरी तीन दर्जनभन्दा बढी साहित्यसर्जक तथा साहित्यानुरागीको उपस्थिति रहेको थियो ।  शृङ्खलामा उपस्थित स्रष्टाहरूले नेपाली वाङ्मयको श्रीबृद्धिका लागि भक्तपुर साहित्यिक समाजले सञ्चालन गर्दै आएको नियमित मासिक घुमन्ते शृङ्खलाको उत्तरोत्तर प्रगतिको कामना गर्दै मोतिराम भट्टप्रति समर्पित गीत, कविता, गजल, मुक्तक, लघुकथा तथा हाइकु वाचन गरेका थिए । शृङ्खलामा सुवासचन्द्र ढुङ्गेल, राममणि ढुङ्गेल, दीपक दाहाल, केदार थापा, सुरेश बखुन्छे, कृष्ण स्पन्दन, सानुभाइ दियाली, छम गुरुङ, अर्चना छुकां, एल.के. सुन्दर, शम्भु सुस्केरा, दुर्गा खरेल अभागी, श्याम सम्यक, छवि अनुरागी, ध्रुव भण्डारी, प्रभाकर असीम, उर्मिला कोइराला आँसु, कृष्ण प्रजापति, के.आर. गोले चालिसेली, ईश्वर थोकर, जितेन्द्र रसिक, सरिता सैंजू, राजुराम मुनंकर्मीलगायत दुई दर्जनभन्दा बढी स्रष्टाहरूले सिर्जना वाचन गरेका थिए ।
भक्तपुर जिल्ला आसपासका नगरक्षेत्र र ग्रामीण क्षेत्रहरूमा पुगेर साहित्यिक मञ्चको व्यवस्थापन र साहित्यिक जागरण ल्याउने शृंखलाको उद्देश्यअनुसार आगामी शृङ्खला सम्मान कार्यक्रमका साथमा हुने आयोजकले बताएको छ ।

No comments: