अन्त्य एउटा जीवनको
रमेश गिरी “आशा”
![]() |
रमेश गिरी “आशा” |
एक महिनासम्म बिरामीले घरमै थलिएपछि उनलाई हिजोमात्रै अस्पताल भर्ना गरिएको हो । घरमा अब त उनी बा“च्दिनन्, किन अस्पताल नलगेको भनेर छिमेकीले गाली गर्न थालेपछि बुहारी र नातीले अस्पताल ल्याए । अस्पताल ल्याइपु¥याउ“दा उनको अवस्था अति नाजुक थियो । आ“खा बन्द, शरीर लत्रिसकेका थिए । तर, डाक्टरको अथक प्रयासले आज मात्र उनको होस आएको हो र विस्तारै बोल्नसक्ने भएकी छिन् ।
साइली काकी सिकिस्त विरामी छिन्, अब त बा“च्दिनन् भनेरै होला छिमेकी, इष्टमित्र, छोरी ज्वाईं चिनेजानेका सबै अस्पतालमा आइपुगेका थिए । अस्पताल आउनेहरूले बोलाए पनि साइली काकी अह“ † कसैस“ग बोल्दैनथिन् । इशारा मात्र गर्थिन् ।
बोल्नै नसक्ने भएकी होइनन्, अलिअलि बोल्नसक्ने थिइन् तर, कसैस“ग बोल्न मन थिएन उनलाई । सबैस“ग मन भा“चिएको थियो । कसैलाई केही भन्न चाहन्नथिन् । आउनेहरूले अब त साइली काकी बा“च्दिनन् भन्नेहरूको आवाज उनको कानमा ठोकिन्थ्यो ।े तरपनि डाक्टरले भने तपाईं बा“च्नु हुन्छ भनेका थिए र पनि अह“ † उनलाई आफू बा“च्छु भन्ने पटक्कै लागेको थिएन । उनलाई बा“च्न मन पनि थिएन । छिट्टै मर्न पाए हुन्थ्यो जस्तो लागेको थियो । जीवनको अन्तिम क्षणमा आज साइली काकीको मनमा जीवनका अनेकांै पाटाहरूको ज्वारभाटा उर्लन थाल्छ, विगतका पानाहरु आ“खा वरिपरि पल्टिन थाल्नछ ।
एउटै मात्र छोरा कत्रो सपना सजाएकी थिइन् उनले । छोरालाई अफिस बनाउ“छु, बुहारी बिहे गर्छु, नातिनातिना हुन्छन् । बुढेसकालमा सुखले जीवन जिउ“छु भन्ने सपना हरदम सा“चेकी थिइन् । छोरा जन्मेको १४ वर्षमा लोग्ने बिते पनि अह“ † आफ्नो जवानी मनलाई कहिंकतै नडुलाई छोरालाई अफिसर बनाउने सपनामै लागिरहिन् । गरिबीले गा“ज्दै ल्याएपनि उनले लोग्नेको सम्पत्ति बेच्न चाहिनन् । जग्गा जमिन पनि बेच्न चाहिनन् । छोराले दुःख पाउला भन्ने डरले सम्पत्ति सबै जोगाएर राखिन् । गाउ“मा मेलापात जाने र आफ्नो खेतीपाति गरेरै कठोर जीवन गुजारिन् । चामल नहु“दा ढिंडो र सिस्तो खाएका दिनहरू आज पनि उनका आ“खामा नाचिरहेका छन् ।
दुःखले साचेको सपना साकार हु“दै आयो । छोराले राम्रो पढ्दै गयो । सरकारी जागिरे पनि भयो, सा“च्चै अफिसर भयो छोरा । त्यो दिन उनलाई अति खुसी लागेको थियो । छरछिमेकी इष्टमित्र साइलीको सपना साकार भएको देखेर प्रशंसा पनि गर्थे । उनलाई त्यतिखेर धेरै नै खुसी लागेको थियो । तर, त्यो खुसी पनि धेरै समय रहन सकेन । आमालाई थाहौ नदिई छोराले केटी भगाएर ल्याएछ । आमास“ग एक वचन सल्लाह नगरेर आफ्नोभन्दा तल्लो जातको केटी घर भिœयाउ“दा उनको मन साह्रै दुखेको थियो । छिमेकीहरूले खुच्चिङ भन्दा उनी रातमा निदाउन सकिनन् । छोराबुहारी कोठामा रमाइरह“दा उनी आफ्नो कोठामा आ“सु बगाइरहेकी थिइन् ।
छोराको राम्रो हुन्छ भने मलाई के, भनेर उनले चित्त बुझाइन् । यिनीहरूकै जीवन राम्रो होस् भनेर चित्त बुझाईन् । बुहारीका लागि पसल राखियो । पसले साहुनी भइन् बुहारी, अनि ती बुढी फेरि लागिन् घरधन्दामा । सधैं खाना बनाऊ, घरका अरु काम गर, उनको दुःख बुहारी आएपछि पनि छुटेन । त्यसलाई पनि चित्त बुझाएरै गइन् उनले ।
नाती जन्मियो, खुसीको सिमाना रहेन । नाती हेर्ने जिम्मेवारी पाउ“दा झन् खुसी भइन् उनले घरमा आफ्नो साथी पाईन्, उनी आफूले खान लागेको कुरा खुवाउँथिन, आफैंले हुर्काउ“दै लगिन् ।
आज अस्पतालको शैयामा सुतिरह“दा उनी ति दिनहरू झल्झली सम्झिरहेकी छिन् । छोराले माया गरे पनि बुहारीले कहिल्यै राम्रो गरिनन् । हरेक कुरालाई स्वीकार्नुको विकल्प थिएन उनीसंग । नाती १६ वर्षको लागेपछि क्यान्सरले छोराको मृत्यु भयो । त्यो दिन जीवनकै सबभन्दा ठूले पीडा खेप्नु प¥यो । एउटै ओछ्यानमा सुत्ने लोग्ने मर्दापनि त्यति पीडा भएन, साहारा छोरा छ भनेर चित्त बुझाएकी थिइन् तर, त्यही सहारा पनि ढलेपछि भने उनी सा“च्चिकै पीडित बनिन् । चिन्तास“गै रोगले च्याप्दै ल्यायो उनलाई । बुहारीको सधैंको करकर सह“दै आइन् । त्यसपछि उनका दुखका दिनहरु झन थपिदै गए ।
जीवन घर्किदै गएको थियो, विगतका जस्ता पाखुराको बल सिद्धिएका थिए, समय मै खाना, खाजा पाउन सकिनन् । हरेक दिन कोठाभित्र दमले स्वा“–स्वा“ गरेर सधैं विगतलाई सम्झिएर बिताउनुको विकल्प भएन उनीसंग । बुढेसकालमा सुख पाउने उनको सपना भताभु¨ भयो । रोगले चापेर जा“दा उनी हरेक पल भगवानस“ग मुक्ति माग्थिन् । मृत्यु माग्थिन् तर भन्ने बित्तिकै मुक्ति पनि भगवानले कहा“ दिन्छन् र ? अस्पतालको सैøयामा लडेर बस्दा आज पनि उनलाई ढिंडो र सिस्तो खाएर सम्पत्ति जोगाएर दुःखले बा“चेका दिन झल्झली याद आइरहेको छ ।
उनले नबेची जोगाइदिएर राखेको सम्पत्ति बेचेर अहिले नाती कार चढेर हिंड्ने भएकोे छ । बुहारी र नाती मिलेर आफूलाई एक वचन नसोधी सबभन्दा धेरै धान फल्ने ठूलो गरो खेत बेचेको दिन उनी अति रोएकी थिइन् । खेते बेचेर नातीले कार चढ्यो । ठूलो घर बनायो, बुहारीले पसललाई ठूलो बनाइन् । तर, त्यो बुढीले एक रुपैयाको औषधि पाइनन् ।
साइली काकीलाई अह“, अब फर्केर घर जाने मन पटक्कै मन छैन । अस्पतालबाटै पशुपतिमा पुगेर मर्ने इच्छा छ । आफन्त, परिवार, नाता कुटुम्बस“ग र छिमेकीस“ग विचरा भएर बा“च्न पटक्कै मन छैन उनलाई । परिवारको बोझ भएर बा“च्न अलिकति पनि मन छैन । त्यसैले उनले भगवानस“ग मृत्यु मागेकी छिन् । उनलाई एउटै प्रश्न उब्जेको छ, ‘अब म कहिले मर्छु ? हे भगवान मैले थाहा पाउन पाए पनि हुन्थ्यो ।’
डाक्टरलाई उनले पटक–पटक सोधिन्—‘म मर्छु नि † ’, तर, डाक्टरले जहिले पनि तपाई बा“च्नुहुन्छ भन्दा उनको मुहारमा खुसीका रेसा अह“ † आएनन्, खिन्नताबाहेक । अस्पतालको सैøयामा छ दिन यसैगरी बिते । उनलाई विस्तारै रोगले फेरी च्याप्दै ल्यायो । मुटुले काम गर्न छोड्यो । उनलाई झन्झन् गाह्रो हु“दै आयो ।
परिवारस“ग डाक्टरले अब साइली काकी नबा“च्ने कुरा पष्ट रुपमा बताएपछि बुहारी, नातीे आमालाई हामी बचाउन चाहन्छौं जति खर्च पनि गर्छौं भन्दै नाटकीय रुप देखाउ“दा उनलाई दिक्क लाग्यो । बिहान दम र खोकी धेरै नै बढेको थियो । आ“खा खोल्न पनि गाह्रो भएको थियो । राती सपना पनि नराम्रो देखिन् । आफ्नै घर भत्किएर आफैंलाई थिचेको सपना देखेपछि अब भने आफू बा“च्दिन भन्ने लागेको थियो उनलाई ।
डाक्टर चेक गर्न आयो । सबैलाई बाहिर निकालेर चेक ग¥यो । त्यसपछि साइली काकी विस्तारै बोलिन्—‘डाक्टर साहेब, अब म कहिले मर्छु ?’ डाक्टर उनको कुरा सुनेर अक्कमक्क भएर भने— ‘हैन आमा तपाईंलाई केही हु“दैन, निको हुन्छ, तपाइलाई ठीक हुन्छ ।’
‘किन म बुढीलाई ढा“ट्नु हुन्छ डाक्टर साहेब ? मलाई थाहा छ म मर्दैछु । तर, बिन्ती मलाई भनि दिनुस् म कहिले मर्छु ? म अस्पतालमा होइन, पशुपति गएर म मर्न चाहन्छु । एक पटक पशुपतिनाथको दर्शन गर्ने इच्छा छ । तपाईंले ढा“ट्नु भयो भने पाप लाग्छ ।’ डाक्टरको मन चसक्क भयो उनी दोधारमा परे अब के गरु– ‘हैन, बाबु भनिदिनुस्, अब म बा“च्न चाहन्न, मर्न चाहन्छु । मर्नदेखि मलाई डर छैन, त्यसैले त भनेको, म ढुक्क हुन्छु भनिदिनुस् न †’
‘त्यसपछि डाक्टर निराश हु“दै बोल्छन्– ‘आमा तपाईं भोलि बिहान आठ बजेभन्दा पर जानुहुन्न ।’ डाक्रको आ“खा पनि रसाउँछ ।
‘डाक्टर साहेब, म साह्रै खुसी भए“, मेरो जीवन मेरै लागि बोझ बनिसकेको थियो । बा“च्ने रहर हुनुपर्छ, पीडा सहेर के बा“च्नु । डाक्टर साहेब मर्नुभन्दा केही घण्टा अघि मलाई पशुपति पठाइदिनुस् है †’
डाक्टर ननिको मान्दै बाहिरिन्छन् । आफ्नो मृत्युको कुरा सुनेर साइली काकी आज साह्रै खुसी छन् । एउटै इच्छा छ उनको, पशुपतिनाथको दर्शन गर्ने । साइली काकीलाई रोगले च्याप्दै जान्छ । अक्सिजन दिएपनि उनको दम कम भएको छैन, स्वास फेर्न उत्तिकै गाह्रो छ । पानी बाहेक मुखमा केही हाल्न मन छैन । रात अनिदोमै बित्यो उनको ।
जीवनभर दुःख पाउ“दा साथ नदिनेहरू, ऐंचोपैंचो नगर्नेहरू पनि आज अस्पतालमा उनी नजिकै छन्,—‘विचरा गाह्रो भो हगी †’ भनेर औपचारिकता निभाउ“दैछन् । बिहान नातिले मुख धोइदियो । उनकै आग्रहमा पुराना लुगा फेरि दियो कोरीबाटी गरेर चिटिक्क बनाइदियो । विस्तारै साइली काकीलाई चाप्दै गयो । स्वाश फेर्न गाह्रो भएपछि डाक्टर नर्सको दौडादौड चल्यो । डाक्टरले चेकअप गरेपछि परिवारलाई भनिदिए—‘अब पशुपति लैजानुस्, एक पटक आमालाई पशुपति दर्शन गर्न दिनुस्, भ्याउनु हुन्छ उहा“ले ।’
हतारिएर एम्बुलेन्समै पशुपति लगेर स्टे«क्चरमै पशुपति मन्दिरभित्र लगे । सुतिसुति साइली काकीले हात उठाएर पशुपतिलाई ढोग्दै पुकारिन्–‘हे भगवान मलाई मुक्ति देऊ, हे परमपिता परमात्मा शिव भगवान अब मलाई कुनै पनि जीवन नदेऊ है, मलाई आफूमै लिन गराऊ है ।’
नातीले प्रसाद लगाइदिए, चन्दन लगाइदिए । हतारहतार उनलाई ब्रम्हनालमा सुताए र पशुपतिको जल मुखमा हालिदिए । पानी घुटुक्क निल्दै उनले लामो श्वास तानेर मुक्ति पाइन् । एउटा दुःखद जीवनको अन्त्य भयो । जीवनभर मृत्युको कामना गर्ने परिवारमा नाटकीय रुवाबासी चल्यो । आफन्तले सम्झाए । अरु दाहसंस्कारको तयारीमा लागे । नातीले दागबत्ति दिए । प्राण उडेको बुढो शरीर खरानी हुन धेरै समय लागेन । साइली काकीको बलेको शरीरको धु“वा उडेर टाढा आकाशमा विलिन हु“दै गयो । उनको आत्मा पनि टाढा गयो । आगो बलिरह“दा नाती, बुहारी र अन्य आफन्तलाई कुमालेको चक्रझैं भोली आफू पनि यसैगरी मर्छु भन्ने ख्याल अह“ † पटक्कै आएन ।
(समाप्त)

No comments:
Post a Comment