Saturday, 29 June 2013

नेत्र तामाङको ‘हजुरआमालाई उपहार’

सिन्धुपाल्चोक स्थायी घर भै राजधानीमा पत्रकारिता पेसामा आवद्ध नेत्र तामाङको बालचित्र कथा ‘हजुरआमालाई उपहार’ बजारमा आएको छ । सम्वादात्मक शैलि अपनाएर लेखिएका उनका बालचित्र कथा सरल र बाल मनोवैज्ञानिक स्तरको रहेको छ ।  तामाङले लेखेको यसकथालाई सम्पादक विनय कसजु ले सम्पादन गरेका छन् ।  तामाङको यो पहिलो बालचित्रकथा हो । कथामा विनिता बुद्धाचार्याले चित्रांकन गरेका छन् ।  विवेक सिर्जनसील प्रकाशनले बजारमा ल्याएको यो बालचित्र कथा किताबको सबै पृष्ठ  रंगीन छ । आकर्षक आवरण र गुणस्तरिय कागजमात्र हैन उनका बालचित्र कथा पनि खँडिलो र गुणस्तरिय शब्द चयनका कारण बालबालिकाहरुलाई आकर्षण गर्न सफल छ ।

कथामा गुन्द्री बुन्ने कला र यसको उपयोगिताको वर्णन गरिएको छ । सरिता बाल पात्रले ले हजुरआमाबाट गुन्द्री बुन्न सिकेकी र त्यसबापत हजुरआमालाई उपहार पठाएकी कुरा कथामा कलात्मक ढंगले चित्रण गरेको पाइन्छ ।  किताबको मुल्य रु १ सय रुपैया तोकिएको छ । बालचित्र कथा बालबालिकाहरुको लागि खुराकयोग्य रहेको छ ।

No comments: