मुक्तक

 

 सरूभक्त


मुक्तक १.


मान्छेहरू हृदयमा अनन्त सपना सजाइराख्नु
 कठोर यो धर्तीभरि अस्तित्व आफ्नो कजाइराख्नु
 उज्यालो र अँध्यारोको यो महान सृष्टि यात्रामा
जीवनभर प्रेमको अजम्मरी धुन बजाइराख्नु ।


मुक्तक  २.


यस्तो दिन आओस यहाँ, मायैमायाको बास होस्
रिस, द्वेष र घृणाहरू सबै सबैको नाश होस्
मानवताको अंश भै म यस्तो सपना देखिरहेछु
मेरो सुन्दर धर्ती भोलि स्वर्गभन्दा पनि खास होस् ।


मुक्तक   ३.


म कसरी भनूँ माया कि मेरो नाम दिलमा टाँसिदिऊ
दया गरेर भए पनि केही बेर बेमनले हाँसिदिऊ
माया माया हो सर्तबाजीको कुनै खेल होइन
त्यसैले भोग्छु तर भन्दिनँ कि मलाई हरेक क्षण फाँसी देऊ ।

No comments: