कविता





अशोक घिमिरे
        कविता

जीवनको यथार्थ
                      

चिसो चुल्होमा
दन्दनी बल्दैं गरेको आगो अघि
टुसुक्क बसि यसो सोच्दछु
ओहो नौं दशक पार गरि सकेछ
यो जीवनको तुईनको किन चुडिन नसकेको होला १
सहारा मात्र यो आगो भो
न्यानो दिन्छ बेस्कन यसैंले
शरीरको समाप्ती पनि खोज्दछ यसैंले
जीवनको यथार्थ शायद यहि होला १

आज घुरमैंलो निस्तब्ध पहिचान भित्रको
असक्तताले जेलिएको घिनलाग्दो पहाड बोकेको छु
लौंरा सम्म पनि भो विरानो, किन हो १
सहारा दिदैंन उभिनलाई ।

सोच्दथे ती मिठा अतितका पाना
सफल जीन्दगी भित्र रमाएका उन्मुक्त संसार
प्रेयसी संगको आलिंगन र रंगिन रात
सपना झैं नाच्दछ आंखा अघि
दुबो झैं मौंलाएका परिवार
पिपल झागिंए झैं आफन्तजन, साथीसंगिनी
कमाएका अनगिन्ती असर्फि, मानपदवी, अलंकार
कसरी डुब्न सकेका होलान एकाएक प्रशान्त महासागर भित्र
आज विशाल घर भित्रको एक्लो कोठा भित्र मुर्दा कुरिरहेछु
जीवनको यथार्थलाई यसरी नैं पुकारी रहेछु ।










 अप्रकाशित समाचार



सन्त तमु


 

 

तलव,
नपाएर सय दिन पुगेको उपलक्ष्यमा
एक विहान
उसले आत्मविद्रोह गर्ने विचार गर्यो

लेख्न बस्यो आजसम्म लेख्न नसकेको समाचार
आजसम्म लेख्न नसकेको आत्मपीडा
र लेख्यो हेडलाइन्
भोकभोकै मर्दैछन् पत्रकार
समाचार सार यस्तो थियो
घरबेटीहरु साँढे भएका छन्
श्रीमतीहरु कालीमाता भएकाछन्
प्रेमिकाहरु लोडसेडिङ्ग भएकाछन्
पसलेहरु पञ्चायतकालका मुखिया भएकाछन्
भट्टी साहुनीको हाँसोमा मादकता छैन
सागको सुकुटी सकिएको पनि एक हप्ता भइसक्यो
छिमेकीका प्रेसरकुकरहरु हरेक विहान टियर ग्याँस फ्याँक्छन्
र रुवाँउछन् मेरा निर्दोष छोराछोरीलाई

Photo: अप्रकाशित समाचार
.........................

तलव,
नपाएर सय दिन पुगेको उपलक्ष्यमा
एक विहान
उसले आत्मविद्रोह गर्ने विचार गर्यो
र
लेख्न बस्यो आजसम्म लेख्न नसकेको समाचार
आजसम्म लेख्न नसकेको आत्मपीडा
र लेख्यो हेडलाइन्
भोकभोकै मर्दैछन् पत्रकार
समाचार सार यस्तो थियो
घरबेटीहरु साँढे भएका छन्
श्रीमतीहरु कालीमाता भएकाछन्
प्रेमिकाहरु लोडसेडिङ्ग भएकाछन्
पसलेहरु पञ्चायतकालका मुखिया भएकाछन्
भट्टी साहुनीको हाँसोमा मादकता छैन
सागको सुकुटी सकिएको पनि एक हप्ता भइसक्यो
छिमेकीका प्रेसरकुकरहरु हरेक विहान टियर ग्याँस फ्याँक्छन्
र रुवाँउछन् मेरा निर्दोष छोराछोरीलाई

हाकिमको अनुहार र बाउको अनुहार उस्तै लाग्छ
दुवैले चाहेको बेला कहिल्यै पैसा दिएनन्
बाउ पढदै जा भन्थे
हाकिम लेख्दै जा भन्छ
कस्को लेखिएन र समाचार जिन्दगीमा आफ्नो बाहेक
कस्को देखिएन र अत्याचार जिन्दगीमा आफ्नो बाहेक
पहिला यो कलम हतियार जस्तो लाग्थ्यो
आजकल निगालोको ठूटो जस्तो लाग्छ

भो अब लेख्दिन समाचार र गर्दिन आत्मघात
पछि लाग्दिन भाषण गर्ने जुकाहरुको
र गर्दिन अक्षरहरुको खेती बाँझा पन्नाहरुमा
र गर्दिन बलात्कार मेरा कुमारी सपनाहरुको । 
हाकिमको अनुहार र बाउको अनुहार उस्तै लाग्छ
दुवैले चाहेको बेला कहिल्यै पैसा दिएनन्
बाउ पढदै जा भन्थे
हाकिम लेख्दै जा भन्छ
कस्को लेखिएन र समाचार जिन्दगीमा आफ्नो बाहेक
कस्को देखिएन र अत्याचार जिन्दगीमा आफ्नो बाहेक
पहिला यो कलम हतियार जस्तो लाग्थ्यो
आजकल निगालोको ठूटो जस्तो लाग्छ

भो अब लेख्दिन समाचार र गर्दिन आत्मघात
पछि लाग्दिन भाषण गर्ने जुकाहरुको
र गर्दिन अक्षरहरुको खेती बाँझा पन्नाहरुमा
र गर्दिन बलात्कार मेरा कुमारी सपनाहरुको ।
 
 
 
 

 

 

 

 

 

 

सुन्दर शिरीष

३  कविता

१. 

राईझुमा तिमी गाउँ फर्क


राईझुमा,
आदिम इतिहास बोकेर उर्लिरहेको
म कर्णाली !
मुटुभरी फुलेको मायाको मखमली रंग सङ्गालेर
मटेरा छुँदै उडेको
बादलको सेतो थुँगामा
स्मृतीका अनगिन्ती छालहरु उन्दै
तिमीलाई पत्र कोरिरहेको छु ।

घण्टाघरको छाँयामा लुकेको सहरमा
अस्थित्वको तिलाञ्जली दिँदै
सपना बेचिरहेकी राईझुमा,
तिम्रो त्यो गह्रौं शहर भन्दा
धेरै माईल टाढा
तिमीले छाडेका पदचापहरु सङ्गाल्दै
जुम्लाको उडान भर्दै छु ।
तिमीले त बिर्सियौ होला
शहरको तिरमिराउँदो उज्यालोमा
गाउँको मधुरो टुकी
बिर्सियौ होला हामीले यी फाँटभरि
रोपेका मायाका बेर्नाहरु
हो म तिमीले छाडेका
सम्झनाको गह्रौं ढाकर बोकेर
अनन्तः यात्रामा निस्केको छु ।

राईझुमा,
छाती भरि मायाँको मलिलो माटो फिँजाएर
तिमीलाई फुलाउने
म कटासे,
सिमलका छायाँभरी असरल्ल छरिएका
तिम्रो अधरका टुक्राहरु
निक्कै जतनसाथ सङ्गालेर राखेको छु ।

सपनाको बेलुन चढेर तिमी
एकाएक टाढिएपछि
म पनि रित्तो–रित्तो भएको छु
म पनि निरस–निरस भएको छु
त्यसैले त गुञ्जदैनन् आजकाल
गाउँ घरमा देउडा ।

राईझुमा,
तिमी गाउँ फर्कु
आजकाल शहर बौलाएको छ
आधुनिकताको पारदर्शी कट्टु लगाएर
संस्कृति पाईतालाले मिच्ने ठाउँमा
तिम्रो सपना कहिल्यै फुल्ने छैन
राजनीतिको तरबारले
अक्षरको टाउको काट्ने शहरमा
अंह तिम्रो आकांक्षा जिउँदो रहन पाउने छैन
त्यसैले फर्क राईझुमा,
तिम्रो सपनाको अन्तरिक्षमा
यतैबाट स्वच्छ उडान भरौंला
र टिपौंला आकाशभरि फुलेका फूलहरु ।

राईझुमा,
कर्णालीको बगरमा
तिमी सङ्गै बालुवाको घर बनाउने
म राममान थारु ।

सँग सँगै बोकेर हिंडिरहेछु
स्मृतीका अनन्तः पहाडहरु
यी गोरेटाहरु अझै उस्तै छन्
यी फाँटका थिएटरहरु
जहाँ तिमी र म बेहुला–बेहुली बनेका थियौं
मैले तिमीलाई लगाई दिएको माटोको सिंदुर
र तिमीले
सारङ्गीको तारजस्तै मेरा औंलाहरुमा
लगाईदिएको सिरुपाते औंठी अनि
गलामा सुनाखरी माला
पहाडबाट झरेको आसुँले
अझ ताजा बनाउँदैछ ।
राईझुमा, आज फेरी तिम्रो यादमा
यी मेरा आँखाहरु
फाँटभरी तिमीलाई खोजिरहेछन् ।

साँच्चै राईझुमा,
तिमी गाउँ फर्क
तिम्रो स्वागतको खातिर
मायाको जलघडा बोकेर
म कुरीरहेको हुनेछु ।


२.  

सुन्दरी र उसको आँखा 

सुनसान समय
ऊ आई मेरो नजिक
र लेख्न भनि उसको आँखाको कविता !
मैले हेरें उसको आँखा
धेरै बेर हेरें
उसका निला गहिरा आँखामा
मायाँका अनगिन्ति सिंयालहरु थिए,
थिए गुलावको भ¥याङ् चड्दै
आकाशमा रमाउने सपना
गहिरिएर निँयाले
फगत सुन्य फगत निरासा ।

कुनै चिज भेटिन नौलो,
भेटिन केहि उनका आँखामा
किनकी,
बलत्कार पछि हत्या गरिएकी
उनको आमाको सपना
ती आँखामा प्रतिविम्वित थिएन ।



३. 

सगरमाथाजस्तै जीवन


म मनको आधारशिविरबाट चढ्दैछु
सगरमाथाजस्तै जीवन ।

यतिबेला मेरो साथमा
कोहि गाईड छैनन्,
कोहि पोटर छैनन्
छन त केबल
आईसफल र ग्लेसियरहरु ।
मैले एक्लै सगरमाथा चड्नुछ जीवनको
र नियाल्नु छ
पुगेर चुलीमा संसार,
जहाँबाट देखिनेछ लह्प्साङजस्तै मेरो घर
र त्यहाँ निर्वाध खेलिरहेका हुनेछन्
साना नानीहरु ।

जीवनको चुली चुम्न
लाखौं पटक चाल्नु छ मैले
क्रेम्पोन पाईलाहरु
त्यहाँ भेटिनेछन् अभावका डेथ जोनहरु कयौं
त्यो पनि मैले पार गर्नुपर्नेछ
भर्खर त आधारशिविरबाट
चढ्दैछु सगरमाथाजस्तै जीवन
रेजर्स एजको धारलाई भुत्ते बनाएर
टेक्नु छ चुली
अनि ल्याउनु छ मनको ढाकरभरी
सपनाको अनौठो रंग
र पोत्नु छ खिया लागेका मनहरुमा ।

मृत्युको हिउँडोरीलाई समाउँदै
चढ्नु छ करङका स्परहरु
जहाँबाट जीवन चिप्लिएर
पुग्न सक्छ मृत्युखातामा,
विचारका आईसफलहरुले
बाटो मोडिरहँदा
सम्हल्न निक्कै कठिन हुनेछ
मेरा पाईतालाहरु,
हिउँले कक्रिएको धड्कन लिएर
मैले टेक्नु छ सगरमाथा
छोएर आकाशको फूल
फुलाउनु छ कलेटी परेका ओठभरी ।

म पराजीत योद्धाजस्तै
फर्कने छैन आधिबाटोबाट
मैले जीवनको चुली टेकेको खुसी
बाँड्न चाहान्छन् रक्तनशाहरु
र फेर्न चाहान्छन्
सदियौं देखिको भुत्ते इतिहास ।





Chham Gurung

– छम गुरुङ

 

धोका


लामो नदी बगिरहेथ्यो - प्रेमको

एउटा जवान माछो दुलिरहेथ्यो -त्यहीं

अचानक नदी सुक्यो

जिन्दगीको
बगरको तातो तावामाठी
छात्पतिदै
तुतिरहेछा सास घित्घिती
जवान माछोको

नदी सुकाउने अरु कोही नभएर
थिइन्
मेरै प्रेमिका

स्मरण रहोस
त्यो जवान माछो - मै थिएँ

No comments: