(कविता)
सन्दर्भ संविधानसभा विघटन
–जितेन्द्र रसिक
आज रातभर कुकुर भुकेको भुकेकै छन् ।
यो स्तव्धता चिरेर होहल्ला गरिरहेछन् ।
मैले कसैलाई सोधें
आज के हुँदैछ हँ !
झिनो आवाज आयो
महासय ?
कुकुरहरुको झगडाले विकराल रुप लियो
अर्थात,
आज कुकुरहरुद्धारा मालिक टोेकिए ।
दिनहुँ मासु र हद्दी खुवाएर पालेका
मालिक लाई टोकेरै हत्या गरे
यो मध्य रातमा ।
बस्
कुकुरहरुले मालिकको हत्या गरे
मालिकको हत्या सँगै
कुकुरहरु स्वतन्त्र भएका छन्
र
त्यस्को फाइदा लुटिरहेछन्
फेरी पुरानै हद्दि लुँछाचुँड गरेर ।
चोकका कुकुरहरुको साथमा
बस केवल बाँकि छ
एउटा कुहिएको हद्दी ।
यो स्तव्धता चिरेर होहल्ला गरिरहेछन् ।
मैले कसैलाई सोधें
आज के हुँदैछ हँ !
झिनो आवाज आयो
महासय ?
कुकुरहरुको झगडाले विकराल रुप लियो
अर्थात,
आज कुकुरहरुद्धारा मालिक टोेकिए ।
दिनहुँ मासु र हद्दी खुवाएर पालेका
मालिक लाई टोकेरै हत्या गरे
यो मध्य रातमा ।
बस्
कुकुरहरुले मालिकको हत्या गरे
मालिकको हत्या सँगै
कुकुरहरु स्वतन्त्र भएका छन्
र
त्यस्को फाइदा लुटिरहेछन्
फेरी पुरानै हद्दि लुँछाचुँड गरेर ।
चोकका कुकुरहरुको साथमा
बस केवल बाँकि छ
एउटा कुहिएको हद्दी ।

No comments:
Post a Comment