Wednesday, 30 January 2013

यो देश (कविता)


Dipendra Shrestha

 

 

 

 

 

–दिपेन्द्र श्रेष्ठ

यो देश


मेरो देश
दनदनी बलेको छ
चिराचिरा भएर फाटेको छ
के तिमीलाई थाहा छ ?
यो देशको पिडा ?
तर तिमीलाई थाहा नहुनु नै राम्रो
मेरो देस बाँचेर रोइरहेछ ।
जति आँसुका ढिक्काहरु खसे पनि
सितलता कहिल्यै भएन ।
बरु,
रुवाई रह्यो निरन्तर
सफलता कहिल्यै पाइएन
केहि सेकेण्ड पनि
शान्त..........
परेवाहरु कति उडे उडे
तर, यहाँ उडेन ।
राताम्य लालिगुराँस कति फुले फुले
तर, यहाँ फुलेनन् ।
चन्द्र सुर्य कति दिन उदाए उदाए
तर, यहाँ उडाएनन् ।
त्यसैले,
के तिमीलाइ थाहा छ ?
यो देशको पिडा ?
यहाँ बाँचेर पनि
सुखभोग छैन ।
चयन र्छैन सधैं सधैं
भारी दिमागमा निरन्तर थिचिरहन्छ
यो देशको महँगीले
आर्थिक पिडाले,
वैचारिक बिबादले
सामाजिक विभेदले
न्यायिक दुविधाले
र, घोचिरहन्छ निरन्तर
राजनैतिक तनावले
हो । मलाई घोचिरहेछ
यो देशको पिडाले ।
त्यसैले,
म तिमीलाई
तिम्रा सन्ततीलाई ,
हामीलाई
हाम्रा सन्ततीलाई
समग्रमा
यो देशका सन्ततीलाई
सधै सधै सोधिरहेछ
के तिमीलाई थाहा छ?
यो देशको पिडा?
यहाँ मरेर बाँच्नेभन्दा
बाँचेर मर्ने धेरै छन ।
यहाँदिएर मनेृ भन्दा
साँचेर मर्ने धेरै   छन् ।
यहाँ पुर्खालाई सम्झने भन्दा
पुर्खालाई विर्सने धेरै छन् ।
यहाँ इतिहाँस कोर्ने भन्दा
निमित्यान्न पार्ने धेरैछन्  ।
त्यसैले,

नबनाउ यहाँका
चोक चोकमा
सडक किनारका
गल्ली गल्लीमा
पुर्ण र अर्धकदका सालिकहरु
किनकी,
यो देसलाई सराप्ने छन्
ति सालिकहरुले ।
र त, म सोधिरहेछु
के तिमीलाई थाहा छ
यो  देशको पिडा ?
यहाँ मान्छेलाई भ¥याङ् चढाउने भन्दा
मान्छेलाई भ¥याङ् बनाउनहरुे धेरै छन् ।
यहाँ मान्छेलाई बुई चढाउने भन्दा
मान्छेकै बुई चढ्नेहरु धेरै छन् ।
यहाँ आगोलाई सितल बनाउनु भन्दा
सितललाई आगो बनाउनेहर धेरै छन् ।
यहाँ देशलाइृ सिगार्ने भन्दा
देशलाई विगार्ने धेरै छन् ।
देशलाई जमाउने भन्दा
टुक्रयाउने धेरै छन् ।
त्यति मात्रै कहाँ हो र
यहाँ नेपालीलाई जुटाउने भन्दा
नेपालीलाई फुटाउने धेरै छन् ।
त्यसैले,
तिमीलाई र तिम्रा सन्ततीलाई
हामीलाई र हाम्रा सन्ततीलाई
समग्रमा यो देशका
सच्चा इमान्दारीलाई
र सच्चा पहरेदारलाई,
सच्चा देश भक्तलाई
यो देसका सच्चा सन्ततीलाई
सधैं सधैं सोधिरहेछु निरन्तर
के तिमीलाई थाहा छ,
यो देसको पिडा ?........


भिक्षुणि (कविता)
–दिपेन्द्र श्रेष्ठ उदास



कुमारी फूल झैं यौवन बोकेर
हरेक साँझ विहान
भिक्षुणिहरु
जपिरहन्छन् गुम्वामा
ॐ मानेपेमे हुँ ।

छचल्किएको यौवन बोकेर
मनभरी दियोमा जमेको घिउझैं
जमाउन खोज्छन् ।
मनको अँधेरीमा
जवरजस्ती
वैंशका रहरहरु
कुमारी रहनुको पिडा लुकाउँदै
हरेक साँझ विहान
जपिरहन्छन् गुम्वामा
ॐ मामेपेमे हुँ ।

जलिरहेको दियो सँगै
यौवन बालेर
प्यासी नजरहरु
डुलााईरहन्छन् गुम्वामा
फुकाउन नमिल्ने कोशेली झैं
टन्न गेरु वस्त्रले
गाँठो पारेर
छातिमा टाँसिरहेछन्
चुलिएका यौवनसँगै
मनभरीका रहरहरु
असरल्ल  थाँति राखी
चाउरीएर मुजेत्रो परेको गालामा
यौवनाका प्यासीदिनहरु
छुपाउँदै, जपिरहन्छने गुम्वामा
ॐ मामेपेमे हुँ ।

कल्कलाउँदो यौवन छोपेर
बुद्धका शरण पर्दै
आफ्ना मनहरु
मरुभुमि बनाएर
इच्छा आकाँक्षाहरु मेटेर
सारा जिउ ज्यान अर्पेर
किन बन्छन् भिक्षुणि ?

प्रश्न तिमीलाई
के तिमीमा बासना छैन ?
के तिमीमा यौवन छैन ?


स्याउले–६ सिन्धुपाल्चोक   




No comments: