कांग्रेस छिरेपछि कवि श्रवणले भने, जोशमा मात्र कम्युनिस्ट
कांग्रेस प्रवेश गरेको पृष्ठभूमिमा मैले उनीसँग फोनमा कुरा गर्न खोजेँ ।
उनले फोन उठाए ।
हेलो।।। १
हेलो श्रवणजी ?
हजुर।।। हँ।।। । के भन्नुभयो रु
श्रवणजी होइन रु?
हो, आवाजै कस्तो धमिलो आयो त ।
सुनिएन ?
खै सुनिएन त । को बोल्नुभयो ?
मैले परिचय दिएँ ।
ज्या।।। केही सुनिएन, को बोल्नुभयो रु म एकछिनमा गरौं रु
।।।
अझै सुनिएन रु रत्नपार्कतिर हुनुहुन्छ कि क्या हो रु एकदमै हल्ला छ त १
हो।।। हो।।। भन्नुस् न।।। अहिले सुनियो ।
तपाईं कांग्रेस प्रवेश गर्नुभएछ नि त रु
हो।।। हो।।। ।
कहिले ?
आजै बिहान ।
ए।।। तपाईंसँग एकछिन कुरा गर्नुपर्यो ।
के भन्नुभयो ? लौ फेरि सुनिएन । फेरि काटेर गर्नू त ।
।।।
अहिले सुनियो रु
अहँ, केही सुनिएन ।
यसो साइड लाग्नुस् न ।
होइन, म गाडीमा छु । एकछिनमा तपाईंलाई गर्छु नि । हुन्छ रु
हुन्छ।।। हुन्छ।।। । कुन बेला गर्नुहुन्छ रु
म गाडीबाट झरेर गरिहाल्छु ।
।।।
नभन्दै श्रवणले बसबाट ओर्लनेबित्तिकै फोन गरिहाले ।
अहिले सुनियो ?
हजुर।।। हजुर।।। ।
किन कांग्रेस प्रवेश गर्नुभयो त?
हँ।।। । किन भन्देखि।।।। । हँ।।। । के भने।।। लोकतन्त्रको रक्षा गर्ने पार्टी यही होजस्तो लाग्यो । राजतन्त्रको अन्त्य गर्न र माओवादीलाई मूलधारमा ल्याउन यसले ठूलो भूमिका खेलेको छ । कांग्रेस लेखकीय स्वतन्त्रताको वकालत गर्ने पार्टी पनि हो । लेखकका लागि कांग्रेस नै ठीक छ ।
लेखकलाई किन चाहियो त पार्टी रु
लेखकलाई पनि चाहिन्छ नि पार्टी । हुन त त्यो व्यक्तिगत कुरा हो । लेखकको रुचिअनुसार पनि हुन्छ । सक्रिय हुने चाहना राख्यो भने पार्टीमा जान सकिन्छ । एउटा सन्देश पनि जान्छ । स्वतन्त्र पनि बस्न सकिन्छ तर मानिस निरपेक्ष रहन कहाँ सक्छ ?
क्षेत्रीय पार्टीहरू खुलेका छन् । अशोक राईले भर्खरै नयाँ पार्टी खोलेका छन् । त्यता किन जानुभएन रु
मेरो व्यक्तित्व क्षेत्रीय पार्टीहरूमा अटाउँदैन । म कुनै क्षेत्रीय मान्छे होइन । एउटा क्षेत्रको मात्र कवि होइन । म तीस वर्षदेखि कविता लेखिरहेको छु । कुनै एउटा निश्चित जातिका लागि मात्र मैले कविता लेखेको होइन ।
भनेपछि क्षेत्रीय पार्टी तपाईंको लागि होइन ?
कुरा के भने नि राष्ट्रिय चिन्तन राख्ने मानिस त्यस्तो क्षेत्रीय पार्टीमा अटाउन गाह्रै हुन्छ ।
पहिले कुन पार्टीलाई समर्थन गर्नुहुन्थ्यो ?
अब हेर्नुस्।।। मेरो ब्याकग्राउन्ड त कम्युनिष्ट नै हो नि । ४६ सालको आन्दोलनताका मालेमा लागेर हिँडियो । कम्युनिष्ट पार्टी भनेको युवा जोशका बेलामात्र काम लाग्दो रहेछ क्या । व्यवहारिक बन्दै गएपछि कोरा क्रान्तिकारिताको अर्थ रहँदैन ।
पार्टीमा तपाईंको भूमिका के हुन्छ त?
हेर्नुस्, म कुनै भूमिका लिन गएको होइन । साहित्यकारका रूपमा गएको हुँ । पार्टीले आवश्यक ठान्यो भने जे भूमिका पनि निर्वाह गर्न तयार छु ।
कसरी कांग्रेस नै रोज्नुभयो त ?
साथीभाइसँग सरसल्लाह गर्दा र विभिन्न अध्ययन, अनुसन्धानले पनि कांग्रेस नै ठीक छ भन्ने लाग्यो ।
आज बिहान औपचारिक कार्यक्रम के भयो ?
कांग्रेस प्रवेश गर्नुपर्ला भन्ने कुरा साथीभाइसँग सेयर गरेको थिएँ । पार्टीमा कुरा पुगेछ । आज बिहान महाराजगन्जस्थित सभापति सुशील कोइरालाको निवासमा उहाँले नै टीका लगाइदिनुभयो । अरु नेताहरू पनि थिए ।
फेसबुकमा त श्रवण बहुलायो भन्ने खालका प्रतिक्रिया आए नि ?
अँ।।। मै पनि सुनेँ । त्यस्ता प्रतिक्रिया आएछन् । हा।।। हा।।। हा।।। । हाम्रो विरोधी पार्टीका साथीहरूले गरेको प्रतिक्रिया होला यो .
यति भनिसकेर श्रवण फोनमै खित्खित् गर्दै हाँसे ।
साभार ः सेतोपाती
No comments:
Post a Comment