Wednesday, 13 February 2013

पहिचान



जगदीश घिमिरे
काठमाण्डौ


चुच्चे पनि महान होइन
चिम्से पनि महान होइन
मुहुडामा जे जे देख्छौ तिमी
त्यही नै मान्छेको पहिचान होइन

जे देखिँदैन त्यो मान्छे हुन्छ
जे सुनिँदैन त्यो मान्छे हुन्छ
हुँकार अहँकार आडम्बरले होइन
मान्छेको ढुकढुकीले जे भन्छ
त्यही नै उसको पहिचान हुन्छ

No comments: