के साँच्चै सागर हो त स्वास्नी मान्छे ?
अमित घिमिरे
चौतारा, सिन्धुपाल्चोक
यस पल्टको जेठका अन्तिम नौ दिन नवलपरासीको गैंडाकोट, चितवनको नारायणगढ अनि मकवानपुरको हेटौंडाको उखरमौलो गर्मीमा बित्यो । 

याम गरमको भएतापनि केही वोधहरुले, केही
भोगाइहरुले कतै हिँऊ झैं जमायो भने फेरी उही केही भोगाई, देखाईको अनुभवले
दग्ध पनि गरायो । घमौरा झैं व्याप्त चिसा र ताता अनुभूतिले जीवन बचाइँमा
केही गहन पाठ सिकाए । हाम्रो दिउँसोको बसाई नवलपरासीको गैंडाकोट स्थित न्यू
अंकल गेष्ट हाउसमा । नारायणीको वगरमा किनारमा अवस्थित गेष्ट हाउस
नारायणीको कलवरता, यदाकदा ववण्डर, तातो उफान, चिसा स्याँठ, लाशका अवशेष,
आत्मदाहका सवुत, नपचेको घारो, बुढा जीर्ण मुढा बगाउँदै अनवरत–अनवरत बगिरहेछ
र साक्षी बनेर हेरिरहेछ, गेष्टहाउस ।
गरमको पराष्ठा नाघुन्जेल पनि नारायणी तिर,
नवलपरासी र चितवन जोडेर आफ्नो छात्तीबाट दैनिक लाखौंलाख टन बोझ बोकेर
चुपचाप नारायणी पिइरहेको त्यो पुल । वास्तवमै पुल धेरै अर्थमा पुल कहलिएको छ
। हुन्छ ।
४२÷४३ डिग्रीसेल्सियसको तापक्रम, पिच
रोडबाट आगोको रापिलो लप्का उठिरहेको झैं लाग्छ । पसिनाले सारा शरीर
भिजाएपछि म र मेरो मित्र एक स–सानो कोल्ड स्टोरको मानकमा रहेको होटलमा
पस्यौं । होटल पस्नुमा पानीको प्यास ठूलो थियो र शायद पानीभन्दा हामीलाई
सिलिङमा झुण्डेर चिसो हावा फालिरहेको पंखा र खाली कुर्सीको मोह थियो ।
मिनरल वाटर मात्र मागेर कुर्सी ओगट्नु
खासै तर्क युक्त लागेन, अप्ठ्यारो प¥यो, असहज महसुस भयो । हामीले चिसो पनि
मगायौं । चिसोको बोत्तल खुलेर टेबुलमा राखिए पछि कुर्सीप्रति अपनत्व र
सहजपनको महसुस गरेथें मैले ।
निर्धक्क
राहतको महसुस थ्यो त्यो । हाम्रो पासैमा एक जोडी थिए चालीस कम, पैंतिस
बढीका । ती जोडीका कुरा प्रष्ट सुनिन सकिन्थ्यो किन कि ती आफ्नो सुरमा थिए ।
दुवै वियर पिउँदै थिए । रुप रङ्बाट ती मतवाली नभै क्षेत्री–वाहुन नै थिए
।
शुरुमा
उनीहरुको वार्तालापमा ध्यान गएन, जब केही वहुअर्थी शब्द र निगुढ योजना
कानमाप¥यो तव चिसो भद्र तरिकाले बिस्तारै खाएको अभिनय गरियो, किनपनि भने
उनीहरुको कुराले शरीरमा रक्तसञ्चार नै अवरुद्ध होला झै गरी जम्यो ।
उनिहरुको वार्तालाप ज्यादै अकल्पनिय थियो –क्रुर थियो । प्रेम नभै –प्यासको
चक्रव्युह थियो –कलंकको विजारोपण थियो ।
सारमा–त्यस
महिलाको पति विदेशमा थिए । उनि विदेशबाट पैसा पठाएर घर बनाउने र बच्चा
पढाउने यत्नमा थिए । यता उनकि ती पत्नी गैर मर्दसंग अबैध पे्रम–प्यासको
चक्करमा फसेकी थिईन । घात र विश्वासघातको चक्रपात चलाइरहेकी थिईन ।
उनीहरुको
कुराको सारले अति दुःखित तुल्यायो । मेरो कलमले ओकल्ने हर पक्ष नारी प्रति
पक्षपाती रहेको हुन्छ – छ । तर यो शीर्ष विपरितको चरित्रले, जमेर पनि
बाहिरी मौसमले भन्दा बढी पोल्यो, औडाहा दियो । म पसिनामा सरोवरित भए ।
पौने
घण्टाको वसाइ पछि हामी उठ्यौ आफ्नो बासस्थान नेपाल होटल एण्ड
रेष्टुरेण्टका लागि तर उनिहरु उठेका थिएनन् । लाग्यो म एक डंगुर फोहोर
छाडेर दुर्गन्धको राग लिएर उठिरहेको छु । नारी प्रतिको भरोसामा भर्खर
भोगेको तिक्तता मनमा एक तमासले हुण्डरी चलिरह्यो ।
नारायणगढको
मेन रोडमा रहेको होटेल नेपालमा भित्रेपछि म थचक्क बसे । साथी कोठामा गए ।
आँखा भरि उहि महिला र पुरुषको घातजन्य क्रिडाले म दग्ध थिए । नारी भरोसामा
काला बादलहरु मडारिएका थिए । अपितु बाहिरको मौैसम प्रचण्ड गर्मीको नै थियो ।
क्लेस मात्र पनि बादल थिएनन् ।
होटेल
नेपाल नेवार जातको मानिसको रहेछ । उग्र गर्मी ले ग्राहक थिएनन् ।
काउण्टरमा रहेका वृद्ध प्रकारका साहूसँग बिस्तारै कुराकानी बढ्दै गयो । यस
होटलले एउटी लाटीलाई आरक्षण दिइएको रहेछ । होटल, ती वृद्धको छोरी–ज्वाँइको
रहेछ । उनको तीन भाइ छोरा अमेरिका, बेलायत र रामपुर कृषि क्याम्पसमा ठूलो
अहोदामा रहेछन् । अज्ञात रिक्सावालाबाट वलात्कृत भएकी लाटीलाई होटलको
सामान्य रेखदेख गर्न लगाएर उसको बच्चालाई ती होटलवालाले आफ्नै सन्तानलाई
झैं गरी पालेका रहेछन् । ती वृद्धको छोरीले (होटल साहुनीले) स्कुटरमा
लाटीको छोरो ल्याइन्, हातगोडा धोइदिन, कपडा बदलिदिइन्, नङ् आदि काटिदिइन्
अनि दुध र मुरै (भूजा) खान दिइन् । ६÷७ वर्षिय त्यो वालक बालसुलभमा
उन्मुक्त, अज्ञात, अन्जान, अनभिज्ञ, निर्दोष साहुनीको काखमा लुटपुटिन्छ,
लाटी आमा चेहरामा चमक छ र चमक मुनी अध्याँराका धर्साहरु ।
मैले
ती दिदीसँग बिस्तारै सामिप्यता बढाएँ । उनका पनि छोराछोरी दुवै अमेरिकामा
बस्दा रहेछन् । उनले त्यो लाटीको छोरालाई गरेको व्यवहार देख्दा कसैले भन्न
सक्दैन कि त्यो उनको सन्तान हैन ।
य त्यो
उखरमौलो गर्मी मलाई मीठो लाग्यो । भर्खर दुई–अढाई घण्टा अगाडिकी नारी र यी
नेपाल लजकी मालिक्नी दुवैको व्यवहारले म नारी प्रति द्वन्द्वरत नै रहँे ।
भ्रामरीमा रहेको म भावनामा बगे । चिसो वियरले मेरो अङ्सजललाई बहकायो ।
अत्यन्त श्रद्धा र अत्यन्तै घृणाको महाचक्रपातमा म तरल भएँ ।
साँझ
ढल्दै थियो । त्यतिकैमा घरबाट मेरो जीवन यामिनीको फोन आयो । उही–उस्तै
दैनिक पुछताज । तर मेरो बहकिएको शायद लड्खडाएको स्वरले उनलाई मर्महात
तुल्यायो । र फेरि अनेकन तर्कनामा सिरानी भिजाइन् ।
ती
तीन विम्व, शीर्ष विपरित चरित्र भएकी, परपुरुषसँग वियर तान्दै गरेकी
अधवैसे आइमाई, नेपाल लजकी ती महिला र मेरी जीवन यामिनी– एक जात, एक सम्बोधन
किन्तु स्वरुप पृथक, चरित्र अलग–भूमिका भिन्न । रनभुल्लमा छु.. नारी..
कहिले सकिन्छ बुझ्न उस्लाई ... हो ! वास्तवमा हो ‘सागर हो स्वास्नी
मान्छे...’
No comments:
Post a Comment