Monday, 25 February 2013







 कविता

अमित घिमिरे


हे ⁄ आधा शताव्दी बुढो प्रजातन्त्र
गणतन्त्रे यो राज्यमा
लौ ⁄ मट्टितेल ल्याई दे, ग्याँस ल्याई दे
लौ ⁄ डिजेल र पेट्रोल ल्याई दे ।
महान वलिदानलाई कर्सीसंग साट्नाले
पटक/पटक जनतालाई छल,कपट र ढाट्नाले
आस्थाका कुरा वकबास भो यहाँ
हे आधा शताव्दी बुढो प्रजातन्त्र
लोकतान्त्रिक यो मुलुकमा
खानेपानी दे, स्वास्थ्य, शुरक्षा, शिक्षा र रोजगार दे
जन आस्थालाई प्राण दे ।
हे आधा शताव्दी बुढो प्रजातन्त्र
गणतन्त्रे यो राज्यमा
लौ मट्टितेल ल्याइै दे, ग्याँस ल्याई दे
लौ डिजेल र पेट्रोल ल्याई दे ।।

जनशक्ति सबै परदेशिए
स्वदेश त फगत खण्डहर भो ⁄
बृद्ध, बालक, आइमाई मात्र हैन यहाँ
मरेको लाशैको पनि वेहाल भो
मेला, पर्म, एैचो, पैंचो एकादेशको कथा भो
आस्थाका कुरा वकबास भो यहाँ
हे ⁄ आधा शताव्दी बुढो प्रजातन्त्र
दाश, रैती, प्रजाबाट जनता हुँदै नागरिक भएकाहरुलाई
एउटा देश ल्याई दे ।
हे आधा शताव्दी बुढो प्रजातन्त्र
आस्थाका कुरा वकबास भो यहाँ
लोकतान्त्रिक यो मुलुकमा
खानेपानी दे, स्वास्थ्य, शुरक्षा, शिक्षा र रोजगार दे
जन आस्थालाई प्राण दे ।।

सहिदहरुको खेती चलेको देशमा
रगतसंग सत्ता साटेर
आफू सरदार बन्ने मनोरथले
भेंडा वनाइएका नागरिकहरु
फरक फरक विचार भन्दै
वल्लो घर जल्दा पल्लो भर अनदेखा गर्दछ
आस्थाका कुरा वकबास भो यहाँ
हे ⁄ आधा शताव्दी बुढो प्रजातन्त्र
राज्य पर्ुनरसंरचनामा उभिएको राष्ट्रमा
अपनत्व दे, स्वभिमान दे, काम र माम दे
शान्ति दे, समृद्धि दे नेपालीहरुको नेपाल दे
शिशु गणतन्त्रलाइ जीवन दे
फुर्का  फुर्का जडेको जडउरी स्वतन्त्रता हैन,
लोकतान्त्रिक गणतन्त्र भएको यो मुलुकका नागरिकलाई
लौ काम दे, माम दे,शिक्षा स्वास्थ्य, कानून र संविधान दे
अपनत्व दे,स्वाभिमान दे
एउटा देश हुन लायक देश दे ।
जन आस्थालाई प्राण दे
आस्थाका कुरा वकबास भो यहाँ ....

No comments: