६ रुपैयाँमा खसी किनियो, ६० रुपैयाँमा राँगो
तेजेश्वरबाबु ग्वगः निवन्धकार तथा लेखक |
भुक्तमान साहित्यकार तथा स्रष्टा बाँच्नुको जीवन्तता खोज्दै कहाँ कहाँ पुग्दैनन् र १ कवि निबन्धकार तथा सर्जक तेजेश्वरबाबु ग्वगःमा पनि त्यस्तै अनुभुतिका डोबहरु छचल्किरहन्छन् । उनको साहित्यिक जीवन काठमाडौदेखि दुर्गम स्थानहरुसँग जोडिएको छ । भैरव अर्यालका समकक्षीमात्रै हैनन् सिद्धिचरण श्रेष्ठ मोहनहिमांसु थापा, गोपालप्रसाद रिमाल, केदारमान व्यथित, बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटासँग नजिकसमेत भएका थिए उनी । उनै तेजेश्वरबाबु ग्वगःसँग जितेन्द्र रसिकले गरेको कुराकानी .
साहित्यिक यात्राको थलानी कसरी भयो ?
मेरो लेखन यात्रा २००९ साल देखि सुरु भए पनि औपचारिक रुपमा भने २०१० सालमा परोपकार भन्ने काठमाडौंको एउटा पत्रिकामा निबन्ध प्रकाशित भएपछि हो । यी समयहरुमा म महाकवि लक्ष्मीप्रसाद देवकोटाको साथमा रहेर साहित्य साधना गर्ने अवसर पाएको थिएँ । त्यतिखेरका जल्दाबल्दा स्रष्टाहरु सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, लेखनाथ पौड्याललगायतको संगतले मेरो साहित्य लेखनमा उर्वरता थपिँदै गयो । महाकवि लक्ष्मीप्रसाद देवकोटा त मेरो गुरु नै हुनु भो । तैपनि उहाँ मलाई साथीकै व्यवहार गर्नुहुन्थ्यो । म उहाँलाई गुरु मान्थे ।
देवकोटासँगको भुल्नै नसक्ने स्मरणीय क्षण छन् कि ?
देवकोटाको बानी तमाखु र सूर्ती भने लगातार खाइरहने । एक दिन मैले ट्युसन् पढेबापत उहाँलाई घरबाट बज्यैले दिनु भएको चाँदीको १६ रुपैयाँ सिक्का उहाँको हातमा राखिदिएको थिएँ । उहाँले ुओहो मिस्टर यो त साँच्चिकै लक्ष्मी दिनुभयोु भन्दै सिक्कालाई ढोग्नु भयो । सारै सौम्य र शिष्ट व्यक्तित्व हुनुहुन्थ्यो उहाँ । तर चुरोट भने हातमा खाली गर्नु हुँदैन थियो । उहाँको घर डिल्लीबजारको खेतबीचमा थियो । म भने भिमसेनस्थानमा डेरा लिएर बसेको थिएँ ।
त्यस्तै अर्कोपटक म वसन्तपुर दरवार स्क्वायर अघि टहलिँदै थिएँ । देवकोटा र शंकर लामिछानेलाई दरबार स्क्वायर परिसरमा उभिएर गफ गरिरहेको पाएँ । होचो कदको लामिछाने वसन्तपुरको नौ तल्ले दरबार अगाडी नेपाल भारत साँस्कृतिक केन्द्रमा लाइब्रेरियन थिए । उनको साइकल केन्द्र अगाडीको बिजुलीको लठ्ठामा अडिएको हुन्थ्यो । मैले गुरु नमस्कार भनें । देवकोटाले तपाइँ यहाँको लाइब्रेरीको मेम्बर बन्नु भयो मिस्टर भनि सोध्नुभयो, मैले छैन भनें, उहाँले ुल लामीछाने जी उहाँलाई अहिल्यै मेम्बर बनाइहाल्नुस तु भन्दै निर्देशन दिनु भयो । म शंकर लामिछानेको पछिपछि लागे । साँझ पर्नै लागेको थियो । जुन चाँदै उडाएको थियो लाइव्रेरीको ढोकामा पुगेर आकास हेर्दै उहाँले भन्नुभयो, ुहेर्नुस त आजको चन्द्रमा हरियो देखिएको छ हगि रु मलाई भने अप्ठेरो भयो । हो भनुँ भने चन्द्रमा हरियो थिएन । त्यसैले ुहोला गुरुु भनि दिएँ ।
गुह्यश्वरीु निबन्धको खुब चर्चा थियो यो निबन्धकोबारे केहि बताईदिनुस न ?
यो निबन्ध सेक्स सिम्बोलमा लेखिएको हो । सिद्धीचरण श्रेष्ठ, रमेश विकल र मेरो गुह्यश्वरी भ्रमणको उपज थियो गुह्यश्वरी निबन्ध । सिद्धिचरणलाई काजी दाई भन्थें । उहाँ मेरो घर भक्तपुरमा आउनु हुन्थ्यो भने म पनि उहाँको घरमा जान्थें । २०२० साल तिरका कुरा हो । म उहाँको घरमा पुगें । काम थियो उहाँलाई निबन्ध सुनाउनु । उहाँ पनि मलाई लेखेका कविताहरु सुनाउनु हुन्थ्यो ।
एक दिन सिद्धीचरण म र रमेश विकल गुह्यश्वरी घुम्न निस्केका थियौं । दुबैजना मन्दिर भित्र गएर दर्शन गरिरहँदा म भने जुत्ता हराउने डरले कुरुवा बनेर बाहिरै बसें । मलाई अन्धविश्वास भित्र वैज्ञानिक कारण खोज्नु थियो । त्यहि दिन गुह्यश्वरीमा निबन्धको कच्चा पदार्थ जम्मा गरें । बाटोमा फर्कदा मेरो गम्भीर अनुहारलाई हेरेर श्रेष्ठले के भयो भनि सोधेका थिए । मैले पछि भनुँला भने । त्यही दिन मानसिक भाँडोमा संकलन गरेको कच्चा पदार्थलाई मैले निबन्धको रुप दिएको थिएँ । त्यहि सुनाउन म हतारिएको थिएँ । सेक्स सिम्बोलमा रचिएको उक्त निबन्धलाई लिएर सिद्धिचरणले ुयो बिहे नभएको ठिटोले कसरी लेख्यो हँ यस्तो निबन्धु भने ।
इन्द्रावतीको कविताबारे भनिदिनुस् न ?
इन्द्रावतिसँग मेरो गहिरो सम्बन्ध छ । २०१३ साल तिर करिब ३ वर्ष सिन्धुपाल्चोकस्थित बाँडेगाउँको ऐसेलुखर्क स्कुलमा अध्यापनको काम पनि गरें । त्यतिखेर म भक्तपुरबाटै हिंडेर जान्थें । इन्द्रावती तरेर जानुपथ्र्यो । इन्द्रावतीमा माछा पनि भेटिन्थ्यो । त्यही इन्द्रावती तर्दा हो एउटा कविता लेखेथें मैले । भिमटारको मास मात्र हैन त्यहाँको अछामे चामलको भात काइदाको हुन्थ्यो । मैले त घरमा पनि त्यहीबाट चामल र दाल ल्याउँथें । ६ रुपैंयाको घोर्ले खसी र बोका ६० रुपैयाँको अजंगको राँगा किनेर दशैंको लागि होस् वा अन्य कुनै कार्यको लागि सिन्धुपाल्चोकबाटै ल्याउँथे ।

No comments:
Post a Comment