जितेन्द्र रसिक
गजल
सपनाको मेरो घर किन पलपल भत्किन्छ ?
मेरो मनको रहर किन पलपल भत्किन्छ ?
नचर्कदै ऐनाहरू झ¥याम झुरूम् फुटिगए
सधैं रातको प्रहर किन पलपल भत्किन्छ ?
म द्यौटाझैं पुज्थें, मन मन्दिरमा सजाउँथें
आस्थाको धरोहर किन पल पल भत्किन्छ
सिन्चन्छु म भन्थें, मरूभुमिका फाँटहरू पनि
थिए बलिया नहर किन पल पल भत्किन्छ ।
सपनाको मेरो घर किन पलपल भत्किन्छ ?
मेरो मनको रहर किन पलपल भत्किन्छ ?

No comments:
Post a Comment