मेरो कविता सुनेर सिद्धीचरण धुरुधुरु रोए
![]() |
राष्ट्र कवि माधव प्रसाद घिमिरे |
फुर्तिलो हाउभाउले ९५ वसन्तको जीवन रथमा यात्रारत छन् भनेर सायदैले उनलाई विस्वास गर्लान् । उनको तेजिला आँखा , चनाखो कानले त युवापुष्तालाइ चुनौती नै दिन्छ । करिव एक शताव्दीको पृष्ठभुमी बोकेका अझै भनौं नेपाली साहित्यको युग काँढैमा बोकेर निरन्तर साहित्य सृजनामा व्यस्त एउटा महापुरषको नाम हो राष्ट्रकवि माधव प्रसाद घिमिरे । अविरल नदी जस्तै काव्य लहरमा उर्लदै निरन्तर काव्य सिर्जना गर्नु उनको दैनिकी नै हो । थर्थराउँदो स्वर, लर्वराउँदो हातले लेखनमा अवरोध सृजना गर्न कम्मर कस्छन् । तर पनि किन्तु विचलित छैन राष्ट्र कवि घिमिरे । लामो समय बोल्न रुचाउँछ तर खोकी अभिसाप बनिदिन्छ । तै पनि काव्य लेखनमा कहिल्यै थाक्दैनन् उनी । भन्छन् ‘एउटा महाकाव्य लेख्दैछु । नाम पनि राखिसकेको छु ।’ उनको महाकाव्यको नाम ऋतमभरा हो । तन बुढो भए त के भो मन किशोर छ घिमिरेको । हरेक शव्द शव्दमा कविता बोल्छन् । नेपाली कविता परम्पराको परिष्कारवादी धाराका उन्नायक कविशिरोमणि लेखनाथ पौड्याल र स्वच्छन्दतावादी धाराका नेतृत्वकर्ता महाकवि लक्ष्मीप्रसाद देवकोटाको मध्यविन्दुका रूपमा देखा परेका घिमिरे आफ्ना रचनालाई परिष्कृत र प्राञ्जल बनाउन सधैं साधनामै लागिपरे । उनका कवितामा परिष्कारवादी शिल्प र बेजोडको स्वच्छन्दतावादी भाव पाइन्छ । प्रस्तुत छ राष्ट्रकवि घिमिरे सँग सिन्धुदर्पण साहित्यिक पत्रिकाका सम्पादक जितेन्द्र रसिकले गरेको कुराकानीको सम्पादित अंश ।
तपाइँले भोग्नु भएको वाल्यकालको बारे केहि वताईदिनुस न ?
मेरी आमाको स्वर्गवास डेढ दुई वर्षको हुँदा भएको थियो । घरमा संयुक्त परिवार थियो । मेरो बुबा कान्छो र अर्को जेठो बुबा थियो । घरमा जेठो बुबाकै राज थियो । वाल्यकालमा खेल्न गइन्थ्यो । साथीभाईहरुसँग खेल्न जाँदाको विचित्रको अनुभुती छ । । प्रकृतिको अनुहार पनि एकछत्र जीवत जस्तै पाउँथें म । खोलानाला, पहाद सबै जिवित पाउँथें । मान्छे जस्तै जीवित । अहिले पनि मलाई सम्झना छ, मेरो घरको पूर्वपट्टीको तिर्थस्थलमा एउटा पोखरी छ । अलि माथी हिमालको काख छ । त्यहाँबाट तारा देखिन्थ्यो । मसँग खेल्ने साथीभाई र तारा एउटै जस्तो लग्थ्यो मलाई । तारा पनि एकदमै जिवीत देख्थें म । आफैसँग कुरा गर्न खोजेजस्तो । खोलानाला डगुरेको देख्दा आफु पनि डगुरे जस्तो आभाष गर्थें । यसरी प्रकृति र साहित्यसँग को मेरो सम्वन्ध अनौठोसँग गाँसिन पुग्यो । त्यतिखेर एउटा लड्का हो की लड्की हो शाश्वत रुप छैन तर अस्तित्व थियो त्यो खोलासँगै डगुर्ने लहरहरुमा । ति विचित्र चिजहरुको अनुभुति अरु बालकलाइृ कस्तो लाग्दो हो थाहा छैन तर मलाई चाहिं एउटा अलौकिक अनुभुति हुन्थ्यो ।
तपाइँ महाकवि लक्ष्मी प्रसाद देवकोटासँग निकत रहेर काम गरेको व्यक्तित्व, उनको साहित्यबाट कत्तिको प्रभावित हुनु भयो ?
मलाई आर्कषित गरेको साहित्यको स्रष्ताहरुमध्य ३ जना छन् । प्रारम्भमा ५ वर्ष नाघिसकेपछि
मैले लेखनाथका कविता पढेर लेख्न सिकेको हुँ । काठमाडौ आइसकेपछि फेरि २ जना कविसँग भेट भयो । ति दुबै कवि रोमान्टिक अर्थात स्वच्छन्दवाद प्रवृत्तीका थिए । एकजना लक्ष्मी प्रसाद देवकोता र अर्को सिद्धीचरण श्रेष्ठ । तिनीहरुका कविता पढ्दा मलाई ज्यादै रमाइलो लाग्थ्यो । तपाइँले भोग्नु भएको वाल्यकालको बारे केहि वताईदिनुस न ?
मेरी आमाको स्वर्गवास डेढ दुई वर्षको हुँदा भएको थियो । घरमा संयुक्त परिवार थियो । मेरो बुबा कान्छो र अर्को जेठो बुबा थियो । घरमा जेठो बुबाकै राज थियो । वाल्यकालमा खेल्न गइन्थ्यो । साथीभाईहरुसँग खेल्न जाँदाको विचित्रको अनुभुती छ । । प्रकृतिको अनुहार पनि एकछत्र जीवत जस्तै पाउँथें म । खोलानाला, पहाद सबै जिवित पाउँथें । मान्छे जस्तै जीवित । अहिले पनि मलाई सम्झना छ, मेरो घरको पूर्वपट्टीको तिर्थस्थलमा एउटा पोखरी छ । अलि माथी हिमालको काख छ । त्यहाँबाट तारा देखिन्थ्यो । मसँग खेल्ने साथीभाई र तारा एउटै जस्तो लग्थ्यो मलाई । तारा पनि एकदमै जिवीत देख्थें म । आफैसँग कुरा गर्न खोजेजस्तो । खोलानाला डगुरेको देख्दा आफु पनि डगुरे जस्तो आभाष गर्थें । यसरी प्रकृति र साहित्यसँग को मेरो सम्वन्ध अनौठोसँग गाँसिन पुग्यो । त्यतिखेर एउटा लड्का हो की लड्की हो शाश्वत रुप छैन तर अस्तित्व थियो त्यो खोलासँगै डगुर्ने लहरहरुमा । ति विचित्र चिजहरुको अनुभुति अरु बालकलाइृ कस्तो लाग्दो हो थाहा छैन तर मलाई चाहिं एउटा अलौकिक अनुभुति हुन्थ्यो ।
तपाइँ महाकवि लक्ष्मी प्रसाद देवकोटासँग निकत रहेर काम गरेको व्यक्तित्व, उनको साहित्यबाट कत्तिको प्रभावित हुनु भयो ?
मलाई आर्कषित गरेको साहित्यको स्रष्ताहरुमध्य ३ जना छन् । प्रारम्भमा ५ वर्ष नाघिसकेपछि
लक्ष्मी प्रसाद देवकोटाको कविता र उनको कविताको समर्पणभाव मलाई मन प¥थ्यो । उनको स्वच्छण्द्धवादी धाराका कविताहरुले मलाई धेरै प्रभाव पा¥यो । सिद्धीचरण श्रेष्ठ त वडो सुकुमार कविता लेख्थे । त्यसताका उ भरर्खर जेलबाट निस्केका थिए । त्यसैले होला चरा जस्तै फुट्ट–फुट्ट कहाँ पुग्थे कहाँ । एकै ठाउँमा बस्दैनथे । धर्मभक्तमाथेमा, शुक्रराज शात्री, दशरथ र गंगालाललाई त्यतिखेरको शाषकले शहिद बनाएको समय ‘क्रान्ती विना शान्ती छैन’ शिर्षकको कविता लेखेको भन्दै सिद्धीचरणलाई जेल हालिएको थियो । जेलबाट भर्रखरै निस्केकाले होला उ स्वतन्त्र आकासमा उडेको चरा जस्तै थियो । एकान्तमा भेटहुँदा उनलाई कविता सुनाउँदा भने एकाग्र भएर सुन्थे । तर लेखनाथ पौड्याल भने आफुलाई सर्वेसर्वा थान्थे कसैलाई गन्दैनथे । उ ठुलै कवि भएकाले होला चुरीफुरी बढि नै हुने भैहाल्यो । जब २००४ सालमा मेरि पहिलो जीवन सँगीनी को देशावशान भयो । त्यो समय मेरो जीवन आँसु आँसु बन्यो । जहाँ जाउँ आँसुको खोलाले जिन्दगी नै बगाउँला झै लाग्थ्यो । जतिखेर मैले आँसुको भेलमा डुवेर कविता लेखें । त्यतिखेर म ठमेलमा बस्थें । कविता सिद्धीचरणलाई सुनाएँ । कविता सुनेर सिद्धीचरण त धुरुधुरु नै रोए । लौ भन पत्नी शोकको कविता कति पुग्यो भनि सोधे । मैले यति नै हो भनें । यस्तो कविलाई त गोली ठोक्नु पर्छ भनि उनी कड्कीए । उनले कविता पुरा गर्न ठट्टा गर्दै सुझाएका पो रहेछन् । त्यसपछि उले मलाई गम्भिर भएर भने ‘घिमिरे जी यस्तो मानसिक तिव्रतम शोकको अवस्थामा पनि यस्तो काव्य लेख्नु भयो । यस्लाई अझै लेख्दै जानु होला र पुरा गर्नु होला भन्ने सल्लाह दिनुभयो ।
म आफ्नै किसिमको कविता लेख्छु । मेरो गफ हो की के हो तपाई आफै छुट्याउन सक्नु हुन्छ । कुनै कविबाट बैशाख वर्णन आएन । र मैल गयो उठीे वर्णन गरें ।
आज रातमा कथा जत्रो गीत एक मुठ्ठी
किन पस्यो किन बस्यो किन
यो युग माधव प्रसाद घिमिरेको युग भन्ने गरिएको पाइन्छ नि ? यस्लाई तपाइँ आफै कसरी विश्लेषण गर्नु हुन्छ ?
यो आम स्रष्टाहरुको सद्भावलाई म धन्यवाद व्यक्त गर्छु । यो केहि समय अघिमात्रै पनि एउटा पत्रिकाले लखेको थियो र मलाई भनेको पनि थियो ‘यो युग भनेको माधव घिमिरेको युग हो, हामी यहि युगमा बाँचेका छौं’ सुन्दा खुसी लाग्छ । तर, साहित्य मेरो जीवनको साधना हो गरिरहेछु गरिरहन्छु ।
माधव प्रसाद घिमिरे अविरल वगिरहने नदी भन्छन् । जीवनको यो उमेरमा पनि पानी जस्तै बगेको बग्यै हुनुहुन्छ, अहिले चाहिं के लेख्दै हुनुहुन्छ ?
आहा... यो त धेरै राम्रो प्रश्न गर्नुभयो । म गण्डकीको तिरमा जन्मेको मान्छे । पहिले त मेरो साहित्य लेखन दह र तिर्तिरे धारा हुँदै अगाडी बढ्यो । पछि मस्र्याङ्डी नदी बन्यो र अहिले आएर अगाडी बढ्ने क्रम जारी छ । कुन सागरमा पुग्ने हो कुन्नी, बग्ने क्रम भने निरन्तर छ । अहिले म एउटा महाकाव्य लैख्दैछु । यसको न्वारान पनि गरिसकेको छु । नाम हो ‘ऋतम्भरा’ त्यो खरो हुन्छ त्यति सरस हुँदैन यसको मुख्य अर्थ भनेको सरसता हो । अहिलेको युग सरस बन्दै गएको छ । विज्ञान प्रविधिले मान्छेलाई जितेको छ । घरमा बसेर किप्याड वा रिमोट थिचेको भरमा मान्छेले संसार भ्रमण गर्न सक्ने युग आएको छ । त्यहि सरसतालाई मैले महाकाव्यमा प्रस्तुत गर्दैछु ।
तपाइँलाई मन परेको आफ्नै कुति कुन हो ? जो युगौं बाँचिरहोस भन्ने चाहानुहुन्छ ?
मेरो गौरी कृती हो । जस्लाई पाठकहरुले धेरै रुचाएका छन् । यो मेरो मनलाई छोएको कृती पनि हो । अबका समयमा आएर म त्यस्तो कृती लेख्न सक्दिनँ ।
मानौं यो व्रम्हाण्डको अन्त भयो रे, घिमिरेका कुनै रचना अर्को व्रम्हाण्डमा पनि पुगोस भन्नु प¥यो भने कुन रचना छान्नु हुन्छ ?
मेरा कविता कृतीहरुमा सिङ्गो व्रम्हाण्डका मनुष्यहरुका जीवन उनिएका छन् । जहाँ हृद्धय भएका मानिस पुग्छन् त्यहाँ मेरा कविता र कृतीहरु पुग्छन् जस्तो मलाई लाग्छ ।
तपाइँको चर्चित गीत ‘आज राती के देखें सपनी मै मरि गएको’ लेख्ने प्रेरणा कसरी मिल्यो ?
एक दिन विहान हातमा चिया लिएर आएकी मेरी श्रीमतिले ‘ के अचम्म भो हजुर, आज राती त मैले आफु मरेको सपना देखें’ भनेर सुनाइन् । त्यसपछि मैले यो गीत लेख्न थालें । यो गीतको पछाडी मेरी श्रीमतीको देन छ । यो गीत मा एउटा कुरा के छ भने आज सपना देखें भनेको भए गद्य हुन्थ्यो । क्या अचम्मको सपना देखें भनेकाले यो कविता हुन्छ । त्यसैले मैले यस्लाई आजैमा राती के देखैं सपनी मै मरी गएको ’ भनेर गीत लेखें । अहो ! म मरेको सपना दखें भन्दाखेरिमा त्यो चाहिं यस्तो चिज भयो कि, त्यहाँ कविले के अनुभुती गर्ने हो त्यो पनि आउनु जरुर थियो । त्यसैले लेखें ‘बतास विना हाँगाको फूल भुँई झरि गएको’ मृत्यु होस त यस्तो मृत्यु फ्वाक्क् खुकुरीले काटेको खसि जस्तो, ठूला–ठूला आँखा पल्टाएको , छत्पताएको शरिर जस्तो भयानक मृत्यु हैन । एउटा सुकुमार मृत्यु यो गीतले ओकलेको छ । सबभन्दा भयानक त मृत्यु हो । तर मैले त्यसो गरिनँ अत्यन्तै सुकुमार रुपमा पस्तुत गरें मेरो लेखनको फरक नै यहि हो । यो गीत पछि नातीकाजीले गाए ।
तपाइँ प्रकृतीप्रेमी कवि प्रकृतिकै केहि कुरा गरौं न ।
गाउँमा छँदा म आफ्नो गाउँबेशी भन्दा माथी लेकमा गएको थिएँ । लेकमा रहँदा साथीभाईहरु धेरै छुट्टियो । नरमाइलो लाग्यो । त्यहाँ गाई बस्तु कुहिरो, र गोठालोहरुमात्र भेटिन्थे । त्यहिँ साथी बन्यो । विस्तारै विस्तारै त्यहि वातावरणसँग घुलमिल भयो र रमाइलो लाग्दै गयो । निराकार भइयो । हुँदा हुँदै प्रकृीले यसरी तान्यो की मलाई एकान्तमा पनि आनान्दले बस्न सकिने भएँ । त्यहिँ भित्र प्रकृतीले जीवनलाई छुँदो रहेछ । मानिस एक्लै भएपनि आखिर प्रकृती साथी बन्दो रहेछ । त्यहाँ भित्र निराकार पाइँदो रहेछ । वडो अलौकिक आनान्द ।
तपाइँ संस्कृत साहित्यबाट बढी प्रभावित हुनुहुन्छ नि होइन र ?
जीवनको कुनै पनि क्षण बाट मेरो कविता प्रारम्भ भएको थियो । मैले संस्कृत साहित्य पनि पढेको छु । कालिदासको अनि रविन राज लगायत धेरै साहित्यकारलाई पढेको छु उनीहरुको कविता पढेको छु । यिनीहरुको साहित्य विरात किसिमको छ । तर मेरो प्रयत्न चाहिं आफ्नै किसिमको छ । म साहित्य जस्को लागि लेख्थें उनैको भाषा तिपेर लेख्थें र लेख्छु । मैले बालबालिकाहरुको लागि लेखेको कविता नै हेरौं न अहिले सम्म बालबालिकाको मुखमा झुण्डिएको छ ।

तालाटुली बटुली कति राम्रो पुतली
जीउ सुत्त परेकी पहेँली र पुतली
तपाइँ १४ वर्षको उमेर छँदै गोरखापत्रमा पहिलो कविता प्रकाशन भयो र कालान्तरमा त्यहि पत्रिकामा सह–सपादक भएर काम गर्नु भयो । त्यतिखेरको पत्रकारिता र साहित्यमा के तादम्यता देख्नु भो ?
त्यतिखेर पत्रकारितामा बढी टिपोट खोजिन्थ्यो । म त्यहाँ सह–सम्पादकको रुपमा काम गरेपछि एक दिन एउटा समाचारमा मैले साहित्यको शव्द प्रयोग गरेर ‘मौन गएको गाई भयो’ शिर्षक राखेको थिएँ । त्यो शिर्षक देखेर प्रधान सम्पादक त चकित भए । जुन शिर्षकमा साहित्यिक थियो । समाचार लेखनलाई पनि कलात्मक ढंगले लेख्न सकियो भने पाठकहरु पढ्न तम्तयार हुन्छन् । साहित्यले पनि कलात्मक ढंगले सुचना र सन्देश प्रस्तुत गर्नु नै हो । त्यो बेला साहित्य पत्रिकामा शारदा खुब पढिन्थ्यो र लेखिन्थ्यो पनि । तर अहिलेको कुरा गर्ने हो भने साहित्य एउटा पाटो र समाचार अर्को पाटो बन्न पुगेको छ । तर समाचारमा पनि साहित्यिक शव्दहरु प्रयोग गर्दा पाठकहरुमा त्यो समाचार पढ्न उत्सुकता भने जाग्छ ।
जीवनको परिभाषा दिनुपर्दा कसरी दिनु हुन्छ ?
जीवन संकल्प हो र महत्वपुर्ण प्राप्ती हो । यस्लाई म भगवाणको वरदान भन्न चाहान्छु । त्यसको सदुपयोग भयो भने एक गेडा टोरीबाट एकमुरी तोरी उमार्न सकिन्छ । दुरुपयोग भयो भने त्यो तोरीको गेडा पनि भुटेर अचार खाए जस्तोमात्रै हुन्छ । जीवन नभएको भए हामी नै हुने थिएनौ । त्यसो हुनाले आफ्नो अस्तित्वको ज्ञान प्रक्रिया नै जीवन हो ।

No comments:
Post a Comment