‘म यौन साहित्य लेख्ने लेखक होइन’
![]() |
| राजेन्द्र थापा गीतकार तथा उपन्यासकार |
‘बेहोस पछि होसमा आउँदा क्या दामी भो’ का गीतकारले गीतमा भने जस्तै आख्यानमा हात हाल्ने होस खुलेपछि पछिल्लो समय गीतकार थापा आख्यानमा चर्चा कमाउन सफल भएका छन् । आजभोलि थापा उपन्यास र कथा लेखनमै व्यस्त हुन थालेका छन् । उनको पहिलो उपन्यास खेलौनाले त नपाली साहित्य जगतमा एकप्रकारको सनसनी नै ल्यायो । र उनले खेलौना लगत्तै द्रौपदी उपन्यास पनि ल्याए । तर अझै पनि बजारमा खेलौनाको ह्याङ सकेको छैन । खेलौना उपन्यासलाई कतिपय लेखक तथा स्रस्टाहरुले खुलेरै विरोध पनि गरे । कतिपय स्रष्टा र साहित्यिक संघ संस्थाहरुले उनको खेलौना उपन्यास नारीवादी उपन्यास भएको प्रतिक्रिया पनि दिए । जसले जे भने पनि खेलौना राम्रो विक्यो, र थापा अहिले खेलौना भाग २ लेख्न कम्मर कसिसकेका छन् । यसरी मिश्रित प्रतिक्रिया बटुलेका थापा गीत लेखनको लामो यात्रासँगै पछिल्लो समय आख्यान लेखनमा पनि आफुलाई व्यस्त बनाउँदै लागेका छन् । सैनिक जागिरे जीवनको कर्णेल पदबाट रिटार्यड जीवन गीत लेखन र आख्यानमा केन्द्रित गर्दै आएका थापासँग उनको लेखन विषयमा केन्द्रित भएर सिन्धुदर्पणकसाहित्यिक पत्रिकाका जितेन्द्र रसिकले गरेको कुराकानीको सम्पादित अंस ।
तपाइँ गीत लेखनमा आफ्नो वर्चस्व कायम राख्न सफल मान्छे अचानक आख्यानमा आउनु भो ? र पहिलो उपन्यास नै पर्याप्त विक्री भयो के देखेर आउनु भो आख्यानमा ?
मैले खेलौना लेखेपछि बजारमा आउनुभन्दा अघि नै हल्लीखल्ली भयो जतिखेर सम्म म आख्यानकार थिइनँ । बजारमा खेलौनाको हल्लाले लाग्यो मेरो आख्यान पढ्ने पाठकहरु छ्न भन्ने लाग्यो । तर, खेलौना सार्वजनिक भएको आख्यान कृति पहिलो भए पनि लेखन भने पहिलो होइन । मैले २०३१ सालमा ‘पोहोर साल खुसी फाट्दा जतन गरी मनले टालें’ गीत रेकर्ड भएको ५ महिना पछि क्षितिजको खोजिमा नामक उपन्यास लेखेको थिएँ । जागिरे जीवनको सिलसिलामा म भक्तपुरमा थिएँ । भक्तपुरलाई नै विषयवस्तु बनाएर मैले ‘लभ स्टोरी’ उनिएको उक्त उपन्यास नाटक शैलीको भएपनि आफुलाई राम्रै लागेको थियो । अहिले शैली फरक भैसक्यो । प्रेककथा उनिएका मेरो उक्त कृति रत्न पुस्तक भण्डारले प्रकाशन गर्ने भनेर लिएर गएका थिए । पछि हरायो भन्ने जवाफ पाएँ । कथाहरु भने २३ साल देखि नै लेखेको थिएँ ।
तपाइँ, सैनिक सेवा बाट अवकाश प्राप्त व्यक्तित्व कसरी समायोजन गर्नुभयो लेखनलाई ?
मैले ८ वर्षको उमेरमा पहिलो पटक कविता लेखेर लेखन यात्राको प्रारम्भ गरेको हुँ । ‘समयथ्यो साँझकोबेला, चरा घर फर्कदा’ कविता मेरो पहिलो लेखन हो । सानै देखि म जासुसी उपन्यास पढ्थें त्यसैकाmे प्रभावले होला मैले १० वर्षको उमेरमा नाटक पनि लेखें । जासुसी नाटक थियो तर प्रकाशन भने भएन । बुबाको जागिरे जीवनसँग बाल्यकाल विताउने क्रममा ११ वर्षको उमेरमा काठमाडौं नै फक्र्यौं । त्यतिखेर रेडियोनेपालमा बालवातिका लगायतका कार्यक्रम हुन्थ्यो त्यहाँ मेरो प्रतिभा देखेर बोलाइन्थ्यो । पछि विभिन्न ठूला साहित्यकारहरुसँग संगत भयो र मेरो लेखनले जम्प ग¥यो । अचानक १७ वर्षको उमेरमै मेरो गीत रेकर्ड भयो । गीतको बोल थियो ‘ मेरो गीत त उडी गयो ’ निर्मल श्रेष्ठको स्वरमा र शिवशंकर श्रेष्ठको संगीतमा थियो । १८ वर्षको उमेरमा म सेकेण्ड लेफ्टिनेन्टमा तालिम गर्दै थिएँ त्यतिखेर अर्को गीत पप स्टाइलको ‘तिम्लाई रहर’ बोलको गीत रकेर्ड पछि २०३३ सालमा ‘पोहोर साल खुसी फाट्यो’ बोलको गीत रेकर्ड भयो जस्ले मेरो लेखनलाई थप उचाईमा पु¥यायो । भने ‘पर लैजाउ फूलहरु छोपीदेऊ तारा जुन’ जस्ता गीतहरुले मलाई गीत लेखनमा अगाडी बढ्न ठूलो हौसला दिइरह्यो । पछिल्लो समय गाइएका ‘दिलमाया दिलमाया खै कसको भुल, त्यस्तै मेरो खुकुरीको नौलो कथा’ दर्शन नमस्ते, लगायतका गीतहरु देखी गाला रातै’ सम्म आइपुग्दा हेर्नुस न कसले रुचाएका छैनन् र ?
खेलौना बजारमा आएपछि त लेखक खगेन्द्र संग्रौला र तपाइँको त घम्सा घम्सी नै भयो नि ? ग्रह नमिलेको हो ?
हैन, हाम्रो वादविवाद भएको होइन । खेलौना बजारमा आएपछि खगेन्द्र संग्रौलाले भावनात्मक र वैचारिक आक्रमण गरेको चाहिं हो । खगेन्द्र संग्रौलाले मात्र हैन समालोचक हरि अधिकारिले पनि खुलेरै विरोध गरेका थिए । तर उनले अन्तिममा के लेखेका छन् भने यो खेलौना कृति नेपाली भाषा र नेपाली साहित्य पढ्नेले वर्षोसम्म उपयोग गर्ने छ भनेका छन् । तर संग्रौलाले भने आफुभन्दा ठूला लेखक कोहि नभएको घमण्ड स्वरुप खेलौना नपढेरै राष्ट्रिय दैनिकहरु मार्फत म माथी आक्रमण गर्ने प्रयास ग¥यो । उनले खेलौनालाई यौन कथा भने किनकी संग्रौलाले खेलौना भित्र आफुलाई देखे डराए आफ्नो भण्डाफोर भएको माने । र विरोध गरे । यौनमा उत्तेजना देखाइन्छ तर खेलौनामा उत्तेजना छैन । त्रिभुवन युनिभर्सिटीको शिक्षा संकायले समेत यहि किताबलाई नारीवादी मानिसकेको छ । किनकी मैले लेखेको उपन्यास अहिले धेरै संघ संस्थाहरुले नारीवादी उपन्यासको कोटीमा राखेका छन् ।
त्यसो भए तपाइँको खेलौना कृतीलाई यौन साहित्य भन्नेहरुलाई के जवाफ दिनुहुन्छ ?
विल्कुल खेलौना यौन साहित्य होइन । राजेन्द्र थापाको लेखन समयसुहाउँदो हुन्छ । पुराना ढर्राबाट लेख्ने केहि लेखकहरु मेरो लेखनबाट डराएका हुन् । मैले पूरुषको डिमागमा रहेको नारीहरुको यौन मानसिकतालाई खेलौनाबाट प्रस्तुत गर्न खोजेको हुँ । किनकी फलाम काट्न फलाम चाहिए जस्तै पूरुषको डिमागबाट यौन मानसिकता हटाउन योनीकै प्रयोग गर्नुपर्ने हुन्छ । तर सुन्दर तरिकाले । किनकी मानिसले सुन्दर जीवन योनीबाटै पाउँछ । बच्चा योनीबाटै जन्मन्छ । त्यो सुन्दर हुन्छ । बच्चा प्राप्तीमा उनका परिवार नै कति रमाउँछन् बस खेलौना त्यहि उत्तेजना रहित नारवादी उपन्यास हो । जहाँ नारीहरुले भोग्नु परेको वास्तविक पिडा छ । र त्यहि मानसिकताको लेखक खगेन्द्र संग्रौला पनि खेलौना बाट डराए । र, अरु पनि डराउँछन् भने म मेरो कृतिलाई सफल भएको थान्छु । किनकी खेलौनामा पूरुषले महिला प्रति गरिने यौन हिंसाको उजागर गरेको छ ।
अहिले के लेख्दै हुनुुहुन्छ ?
अहिले म कथा लेखनमा अफुलाई व्यस्त राख्दैछु । मैले २४ ÷२५ सालमा लेखिएको एउटा नोट बुक भेटेको छु र अरु लेखिएका नोटबुकहरु पनि खोज्दैछु । जुन म पुर्नलेखन गर्न चाहान्छु । अहिले नयाँ नयाँ प्लटमा कथा लेखिरहेछु । सायद चाँदै प्रकाशनमा आउनेछ र अर्को कुरा खेलौना पढेर धेरै नेपाली दिदि वहिनीहरुले फोन गरेर आफ्नो कथा व्यथा पनि लेखिदिन अनुरोध आएका छन् । त्यता ध्यान दिन सकेको छैन । चाँदै त्यस्ता नेपाली दिदि वहिनीहरुको कथा व्यथालाई आख्यानको रुप दिएर खेलौना भाग २ लिएर आउने सोच बनाएको छु ।
नेपाली साहित्यका लागि लिइने पुरस्कार र सम्मान बारे तपाइँको धारणा के छ ?
नेपालमा स्रष्टा र कृतीलाई विशुद्ध पुरस्कार र सम्मान गर्ने अहिले सम्म कुनै संस्थास्थापना भएको छैन । सबै पुरस्कार र सम्मान गुठी संस्थानमात्रै हो । केहि पदन अघि एउटा संस्थाले मलाई सम्मान लिन बोलाए । मैले सिधै वहिष्कार गरे । कीनकी त्यो संस्थाले मलाई यो पटकको सम्मान तपाइँलाई दिन लागेको भने । मैले पनि जवाफ दिएँ । किन यो पटकको नि ? यो भन्दा पहिले चाहिं राजेन्द्र थापालाई किन सम्मान योग्य देखिएन भनेर रिजेक्ट गरिदिएँ । कीनकी यहाँ पुरस्कार र सम्मान स्वार्थ र नियोजीत तरिकाले वितरण हुन्छ । नेपालको सरकारी प्रज्ञाप्रतिष्ठानले समेत नियोनित तरिकाले पुरस्कार वितरण गर्छ । जसले गर्दा साहित्यमा ठूला योगदान दिने स्रष्टा र कृतीहरु सधैं पछि परेको छ । नेपालमा शब यस्तो एउटा संस्था हुनुपर्छ जस्ले देशभरिको कृतीको मुल्याँकन गरेर विशुद्ध साहित्यिक लेखन पुरस्कार र सम्मान दिउन् । तर त्यो अहिलेनै सम्भव देख्दिन म । मदन पुरस्कार, जगदम्वा श्री पुरस्कार लगायत सबै पुरस्कारहरु गुठीसंस्थानको पुरस्कार भन्दा अरु केहि होइन ।

No comments:
Post a Comment